बैशाख ११, २०८१ मंगलबार

गितकार लतिकाको सम्बन्धमा कैँची : आफन्तलाई नसोध्न आग्रह



Friend

काठमाडौं – ‘नसोध मलाई आफन्तहरु मेरो सानो कथा छ, खुसी छु कि दुःखि मेरो सानो ब्यथा छ’ यो आग्रह हो  गितकार लतिकाको ।  प्रायः सबै मान्छेका जीन्दगीका भोगाईहरुलाई आफन्तले नबुझेपछि उनले यो आग्रह गरेकी हुन् ।

खुसिका पलहरु त त्यसै बितिहाल्छन तर दुःख पर्दा सबैले परीवार आफन्तको सहयोगको अपेक्षा गरेको हुन्छ । आफन्तबाट त्यस्तो सहयोग नपाउँदा सम्बन्धमा नै कैँचि लागेपछि उनका यी भावनाहरु लयबद्धरुपमा प्रवाह भएका छन् ।

‘कसलाई दोष लाउनु यहाँ आफ्नैले नबुझेपछि, सम्बन्धमा कैँची लाग्यो मेरो सानो कथा छ, हजार सपना थिए मेरा साकार नभई टुटि जाँदा, कोमल मुटु दुखि रहने मेरो सानो व्यथा छ ।’

प्रायः सबैका जीन्दगीको भोगाईलाई उनले फ्रेण्ड्स फरेवरमार्फत सार्वजनिक गरेकी छन् । ढकाल र लतिका श्रेष्ठको शब्द र गायक तथा संगीतकार बिनोद पछाईको एकल संगीतमा गायिका अन्जु पन्त, बिनोद पछाई, रुपक डोडेल, दिपा लामा, मेलिना राई लगायतद्वारा स्वरबद्ध गीतहरु शुक्रबार ढकाल र श्रेष्ठकी आमाहरु हिमा देवि ढकाल र भोजकुमारी श्रेष्ठ तथा बरिष्ठ गायिका ज्ञानु राणा, संगीता प्रधान राना, कुन्ति मोक्तानले संयुक्त रुपमा बिमोचन गरे ।

गीतकार द्वयले हरेक मानिसको जिवनको भोगाइलाई गीतमार्फत प्रस्तुत गर्ने कोशिस गरेका छन् भने बिनोद पछाइँले संगीत भरेका छन् । कार्यक्रममा गायिका ज्ञानु राणा, कुन्ति मोत्तान र संगीता राना ले यो एल्बमका गीतहरु अत्यान्तै राम्रो, सरल र यथार्थपरक रहेको बताए ।

गीतकार जानुका ढकालको एकल शब्द र बिनोद पर्छाइको एकल संगीतमा गीत नामक एल्बम प्रकाशित भइसकेको छ भने लतिका श्रेष्ठको यो पहिलो एल्बम हो । संगीतकार बिनोद पर्छाईँले भने लोकप्रिय गायक गायिकाहरुको आवाजमा थुप्रै एल्बमहरुमा संगीत भरिसकेका छन् ।