बैशाख ११, २०८१ मंगलबार

‘मिस वर्ल्ड २०१७’को ताज भारतीय सुन्दरी मन्नुसी चिल्लरलाई



काठमाडौं– चीनको सान्यामा भर्खरै सम्पन्न भएको ‘विश्व सुन्दरी २०१७’को ताज भारतीय सुन्दरी मनुसी चिल्लरले हात पारेकी छन् । उनले बिश्वका १ सय १८ सुन्दरीलाई पछि पार्दै ‘मिस वल्र्ड २०१७’को ताज हात पारेकी हुन् ।

अन्तिम पाँचमा मनुसीसहित केन्या, फ्रान्स, इंग्ल्यान्ड र मेक्सिकोका सुन्दरीबीचको प्रतिस्पर्धामा भारतकी मन्नुसी चिल्लरले ताज पहिरिन सफल भएकी हुन् ।

विश्वका १ सय १८ सुन्दरीले भाग लिएको यो प्रतिस्पर्धाको शीर्ष १० स्थानमा भारत, इन्डोनेसिया, रुस, इंग्ल्यान्ड, दक्षिण कोरिया, जमैका, मेक्सिको, दक्षिण अफ्रिका, केन्या र फ्रान्सका प्रतियोगीहरू प्रवेश गरेका थिए ।

भारतले १७ वर्षपछि मिस वर्ल्डको उपाधि जितेको हो । यसअघि सन् २००० मा भारतीय सुन्दरी प्रियंका चोपडाले ताज जितेकी थिइन्।  २० वर्षीया मानुसी भारत हरियाणाकी हुन् । उनी मेडिकलकी विद्यार्थी हुन्।