बैशाख १३, २०८१ बिहीबार

जनयुद्धकी पहिलो छापामारले माओवादी केन्द्रलाई पहिलो जित दिलाएपछि……



रुकुम-रुकुम पूर्वको प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार कमला रोका विजयी भएकी छन् । १० हजार ४ सय ३४ मत ल्याएर रोका विजयी बनेकी हुन् ।

उनको निकटतम प्रतिद्वन्दी नृपाली कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत पाएका छन् उक्त पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो । २७ हजार ९ सय २८ मतदाता रहेको जिल्लामा १८ हजार १ सय ३२ मत खसेको थियो ।

त्यस्तै रुकुम पुर्बमा प्रदेशसभा तर्फको पनि मतगणना शुरु भएको छ । हिजो बेलुका ५ बजेदेखि जारी प्रतिनिधीसभा प्रत्यक्षको मतगणना सकेर प्रदेशसभाको मतगणना शुरु भएको छ । रुकुम पुर्बमा प्रदेशसभामा पनि नेकपा माओबादी केन्द्रका उम्मेदवार नै अघि छन ।

प्रदेशसभा निर्बाचन क मा नेकपा माओबादी केन्द्रका उम्मेदवार तेजबहादुर ओलीले २ हजार ५ सय ३० र नेपाली काग्रेसका दुतकुमार पुनले ९ सय ३० मत ल्याएका छन । त्यस्तै प्रदेश सभा ख मा माओबादी केन्द्रका उम्मेदवार पुर्ण बहादुर घर्तिले ७ सय ८६ र नेपाली काग्रेसका दत्तबहादुर बस्नेतले ४ सय २६ मत प्राप्त गरेका छन ।