चैत्र १६, २०८० शुक्रबार

दिनेश डिसीले धुन्छन घरका कपडा, महिला मैत्री नयाँ प्रयोग



काठमाडौं – तपाइँ कुनै विज्ञापनमा पुरुषले घाँसदाउरा, मेलापात गरेको, लुगा धोएको, खाना पकाउने, घरको सरफाई गर्ने गरेको देख्नुभएको छ ? वा कुनै टेलिभिजन, फिल्म, टेलिफल्ममा पुरुषले त्यस्ता काम गरेको देखाईएका हेर्नुभएको छ ? सकारात्मक सूचना प्रवाहको जीम्मेवारी बोकेका भनेर परीभाषित गरीएका सञ्चारमाध्यमले अहिलेसम्म सायदै गरेका छैनन् ।

तर अव विज्ञापनमा त्यस्ता कुरा देख्न पाईएको छ – पुरुषले धमाधम लुगा धोईरहेको । कलाकार तथा सञ्चारकर्मी दिनेश डिसीले निर्माण गरको डन सावुनको विज्ञापनमा पुरुषले धमाधम लुगा धोईरहेको देखाईएको छ भने महिलाले पत्रिका पढेर बसिरहेको ।

अरु नै वस्तुको प्रचार गर्न तयार गरीएको विज्ञापनमा महिलामैत्री अभिनय गरेर राम्रो काम भएको सञ्चारीका समूहकी महासचिव कमला पन्थी बताउँछिन् । ‘विज्ञापनबाट विज्ञापनमा महिला अधिकार भनेर वकालत गर्ने कार्य गरीएको छैन, तर अरु नै कुराको प्रचार गर्न बनाईएको विज्ञापनमा पुरुषले पनि लुगा धोईरहेको देखाईएको छ’ पन्थीले भनिन् ‘विज्ञापन हेर्दा सावुनको प्रचार सँगै महिला पुरुष मिलेर घरको काम गर्दा परीवार सुखी र खुसी हुन्छ भन्ने कुरा पनि सन्देश प्रवाह भएको छ ।’

यसको अर्थ महिलाले घरायसी काम गर्नै हुँदैन वा पुरुषले ति काम गरेकै छैनन भन्ने होईन । महिला पुरुषले मिलेर यी सबै काम गरीरहेका थुप्रै उदाहरण छन् । तर समाजमा पुरुषले लुगा धोएको, घरायसी काम गरेको, घाँस दाउरा गरेर सघाएको देख्यो भने पुरुषलाई नै ‘जोईटिंग्रे’ भनेर हेयभावले कुरा काट्ने गरीन्छ ।

त्यस्तो नकारात्मक सोँचलाई परीवर्तन गर्नका लागि रेडियो, टिभी, पत्रपत्रिका, अनलाईन, तथा सामाजिक सञ्जालममा प्रसारण हुने कार्यक्रम तथा विज्ञापनहरुमा चेतनामूलक सन्देश प्रवाह हुनुपर्छ । तर त्यो दायीत्व सञ्चारमाध्यमले पूरा नगरेको समयमा दिनेश डिसीले डन सावुनको विज्ञापनमा प्रयोग गरेका छन् ।

अव अन्य एजेन्सीहरुबाट निर्माण हुने विज्ञापन र कार्यक्रमहरुमा पनि यसरी महिलामैत्री विषयलाई प्राथमिकता दिने हो भने कतिपय समाजमा भएको नकारात्मक सोँच बदल्न छुट्टै पैसा खर्चनुपर्ने अवस्था आउने थिएन कि ।

हेर्नुहोस भिडियो :