बैशाख १३, २०८१ बिहीबार

बुहारीले दिईन सासूलाई दागबत्ती



लमजुङ – छोरा नातीले मात्र दागबत्ती दिने परम्परालाई तोड्दै लमजुङमा बुहारीले सासुलाई दागबत्ती दिएकी छन्। दोर्दी गाउँपालिका २ अर्चलबाट कुँवर गाउँ निवासी सोविता कुवँरले आफ्नो सासुआमालाई शुक्रबार दागबत्ती दिएकी हुन्।

मृतक वुद्धिमायाको एक मात्र छोरा रहेको र उसको पनि यसअघि नै मृत्यु भइसकेकोले बुहारी सोविताले नै दागबत्ती दिइ किरिया गरेकी हुन्। अझै पनि हाम्रो समाजमा महिलाले मृत शरीरलाई नछुने परम्परा कायम रहँदै आएको छ, ‘सोविताले भनिन्, ‘यो परम्परालाई तोड्न र आँट गरे महिलाहरु पनि सक्षम छन्।’

अर्चलबोट निवासी बुद्धिमाया कुँवरको ७० वर्षको उमेरमा पुस १४ गते मृत्यु भएको थियो। महिलाहरूले शवलाई नछुने, मलामी तथा चितासम्म जानुहुन्न भन्ने परम्परा रहे पनि अब त्यो अन्त्य भएको नागरिक अगुवा रामप्रसाद पौडेलले बताए।