बैशाख ३, २०८१ सोमबार

यौन व्यवसायका लागि लैजान लागिएका ६ सय १९ जना चेलिबेटीको उद्धार



नेपालगञ्ज – माईती नेपालले एउटा नाकाबाट मात्र ६ सय १९ जना चेलिबेटीको उद्धार गरेको छ । विगत १६ वर्षको अवधिमा माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जले बेचविखनका लागि लैजान लागेका ति चेलीको उद्धार गरेको हो ।

माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार विगत १६ वर्षको अवधिमा चार हजार ३१८ जनाले आप्mना चेलीबेटी खोजी दिन संस्थामा निवेदन दिएका छन् । यो वर्ष मात्र संस्थामा ८३४ वटा उजुरी परेको छ ।

‘निवेदनका आधारमा खोजतलास गर्ने क्रममा अहिलेसम्म ६१९ जनालाई मात्र फेला पार्न सकिएको छ भने बाँकी हराएकाको अवस्था अज्ञात नै रहेको छ’ सो संस्थाले आईतबार गरेको तथ्यांक सार्वजनिक कार्यक्रममा उनले भने ।

हराएका चेलीमध्ये अधिकांशको उद्धार भारतका विभिन्न शहरबाट गरिएको छ । नेपालबाट लगिएका अधिकांश चेली यौन व्यवसायमा संलग्न गराइने संयोजक कोइरालाको भनाइ छ ।

नेपालका विभिन्न शहरबाट दलालले राम्रो रोजगार दिने भनेर नेपाली चेलीलाई भारत र खाडी मुलुक पु¥याउने गरेका छन् । चेलीबेटी बेचबिखनमा महिला दलाल पनि संलग्न रहेको जनाइएको छ ।

माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्यांकअनुसार, विगत १६ वर्षको अवधिमा उद्धार गरिएका चेलीमध्ये १७२ जनालाई सीपमूलक तालीम दिएर रोजगारमा संलग्न गराइएको छ ।

‘चेलीबेटी बेचबिखनका विषयमा सरकार, यहाँका राजनीतिक दल र नागरिक समाज खासै संवेदनशील नहुँदा यो समस्याले वर्षेनी विकराल रुप लिँदै गएको छ’– संयोजक कोइरालाको भनाइ छ ।

मा आफ्ना चेलीबेटी खोजी दिन वर्षेनी सयौँको संख्यामा निवेदन पर्नाले चेलीबेटी बेचबिखनका विषयलाई न्यूनीकरण गर्न राष्ट्रियस्तरको कार्ययोजना बनाउनुपर्नेमा जोड दिइएको छ ।