चैत्र ३०, २०८० शुक्रबार

दुई दिनमा एकैठाउँ ९५ जनाको पाठेघर जाँच



चितवन – चितवनको रत्ननगर नगरपालिकाको वडा नं ९ मा गरिएको स्वास्थ्य शिविरमा ९५ जना स्थानीय महिलाको पाठेघरको निःशुल्क जाँच गरिएको छ ।

वडा नं ९ को वडा कार्यालयको सहयोग तथा स्थानीय उपभोक्ता समितिको आयोजनामा भएको दुईदिने स्वास्थ्य परीक्षण शिविरको पहिलो दिन आइतबार ९५ जनाको स्वास्थ्य परीक्षण भएको छ । शिविर आज पनि जारी छ ।

नगरपालिकाको साविक वडा नं ७ मा ४३ जना र साविक वडा नं ६ मा ५२ जना महिलाको पाठेघर जाँच गरिएको वडा सदस्य सरस्वती लामाले जानकारी दिईन ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी डा मञ्जु शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको हो।

वडा अध्यक्ष रोशन आचार्यले घरायसी कारणले अस्पताल पुग्न नसकेका महिलालाई गाउँमा नै स्वास्थ्य शिविर सञ्चालन हुँदा सजिलो भएको बताए ।

उपभोक्ता समितिकी संयोजक कमला घिमिरेले पाठेघर शिविरले महिलाको स्वास्थ्य परीक्षणमा सहज भएको बताईन ।

चेपाङ संरक्षण केन्द्रलाई सहयोग

यसैगरी रत्ननगरमा रहेको गामबेंसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ ।

लायन्स क्लब अफ चितवन सौराहाले आइतबार बालबालिकाका लागि ५१० केजी चामल, ४५ लिटर तेल, आठ केजी मसला, एक बोरा सोयाबिन, चार केजी मेथी र एक बोरा चिउरा सहयोग गरेको हो ।

केन्द्रमा १०५ जना चेपाङ बालबालिका आश्रित रहेका छन् । उनीहरु नजिकैको स्कुलमा पढ्नसमेत जान्छन् ।