बैशाख १, २०८१ शनिबार

कोरीयामा नेपाली चेलीकाे समाजसेवा, सबैभन्दा अगाडी



दक्षिण कोरीया-बिरानो मुलुक छिरेर जागिर गर्ने महिलाको पिडा सुन्दा-सुन्दा नेपालीलाई लाग्न थालिसक्यो कि नेपाली चेलीहरु विदेशमा दुःख खोजेर जान्छन, पैसा कमाउन हैन । विदेशमा पुगेका चेलीहरुबाट समाजसेवाको कामको त हामी त्यतिसारो कल्पना गर्न सक्दैनाैँ।

तर उक्त सोँचलाई गलत सावित गर्दै दक्षिण कोरीयामा नेपाली चेलीहरुको समाजसेवाले भने धेरैलाई जिब्रो टोक्ने बनाउँछ । विरानो मुलक छिरेर नारीहरुले स्थापना गरेका नेपाली संघ सस्थाहरुमा अहिले पुरुषका लागी मुख्य प्रतिष्पर्धी बनेका छन् ।

‘श्रमले ज्ञान सिकाउछ, पिडाले सर्घष गर्न सिकाउँछ’ भने झैँ कोरीयामा काम गदै गर्दा भोगेका पिडाहरु तथा सिकेको ज्ञान अनुभवकै कारण महिला दिदीबहिनीहरु समाज सेवामा सकृय भएर समस्या समाधान गर्न सक्षम छन । कोही ब्यक्तिगत रुपमा सकृय छन कोही सँस्था मार्फत ।

रोजगारीका लागि विदेशमा पुगेर दुःख पाएका नेपालीहरुलाई ममता दिने देखि लिएर नेपालमै दुःख पाएकाहरुलाई सहयोग गर्नेसम्म उनीहरुको योगदान लोभलाग्दो छ ।

कोरिया वातावरण कर्पोरेशनमा पहिलो नेपाली वातावरण अनुसन्धाता – आस्था


एउटा हाते ब्याक लगेज बोकेर कोरीया छिर्दा विदेशी मुलुकमा राम्रो सँग अध्ययन सक्नुमात्र ठूलो कुरा लाग्थ्यो । तर ईमान्दारीता, मेहनेत, लगनशिलता र सहयोगी भावनाले उनलाई दक्षिण कोरीया बस्ने सबै नेपालीको मुखमा झुण्डीएको नाम बन्यो – आस्था विन्दु मल्ल ।

कुनै नेपालीले दुःख पाएको जानकारी पाउनासाथ चिनेको होस या नचिनेको उनी सहयोग गर्न हतारीईहाल्छिन । कानुनी समस्यामा परेकालाई राजदुताबास सग पहल गर्ने, काम नपाएर बसेकालाइ काम खोजिदिने, आर्थिक समस्यामा परेकालाई सहयोग जुटाउने, काम गर्दा घाइते भएकालाई उद्दारमा सहयोग गर्ने आदी काममा आस्थाको समाजसेवा जोडिएको हो ।

तर समाजसेवामा सबैले चिन्ने उनको यो भन्दा ठूलो पहिचान छ – दक्षिण कोरियाको वातावरण मन्त्रालय अन्तर्गतको कोरिया वातावरण कर्पोरेशन (केईको) मा अनुसन्धानकर्ता । उनी दैनिक उक्त मन्त्रालयमा काम गर्न हाजिर पनि हुनु पर्छ । त्यहा काम गर्ने थोरै संख्याका विदेशी नागरिक मध्येमा पहिलो नेपाली नागरिक हुन आस्था । यही कारणले पनि निकै चर्चा चुलिएको हो ।

जेभिएर एकेडेमीबाट विज्ञानमा स्नातक र त्रिभुबन बिश्वबिद्यालयबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरेर अध्ययनकै शिलशिलामा कोरीया छिरेकी मल्ल हाल चर्चित योन्सेई युनिभर्सिटीमा जलबायु तथा मौसम परिबर्तन बिषयमा विद्यावारिधीको अन्तिम चरणमा छिन ।

लामो समय देखी ‘जलवायु तथा मौसम परिवर्तन’ विषयमा सौल युनिभर्सिटी र यन्से यूनिभर्सिटीमा शोधकर्ताको रूपमा काम गरेकी मल्लको पहलमा नेपालमा वातावरण र सरसफाइको क्षेत्रमा समेत कोरीयाले सहयोग गरेको छ । सोसाईटी अफ नेपलिज स्टुडेन्ट एसोसियसन कोरिया (सोन्सिक) की पुर्व अध्यक्ष, जनसम्पर्क समिति कोरीयाकी सल्लाहकार समेत रहेकी मल्ल सामाजिक र राजनीतिक क्षेत्रका दर्जन बढी सामाजिक सँघ सस्थामा आवद्ध छिन ।

सामाजिक क्षेत्रमा सेवा र आफनो योग्यता अनुसारको आवद्धतामा उनका धेरै पहिचान छन । समस्यामा परेकाहरुलाई निश्चत गन्तब्य सम्म बाटो देखाउने, तथा विभिन्न सामाजिक सघ सँस्था सँग सहकार्य गरेर समस्या समाधान गर्न तत्पर रहने आस्था आउदो केही महिनामा हुन गैरहेको जनसम्पर्क समिति कोरीयाको अध्यक्ष पदमा समेत उम्मेदारी रहने चर्चा छ ।

निःस्वार्थ सेवा, सालिन व्यक्तित्व, समझदारीपनका कारण आस्था विन्दु कोरीयामा नेपाली समुदाय समक्ष अग्रपंतिमा आउने समाजसेवीको नाम भएको छ । विरानो मुलक, नजानेको भाषा, अनौठो सँस्कृति ,फरक खानपिन, रहनसहन,कतै चराखस्ने गर्मी, त कठयँग्रिदो जाडो सबैलाई विर्सेर कोरीया छिरेर समस्यामा परेका नेपालीको लागी आस्थाको सहयोगी मनले केही थोरै भएपनि मल्हम लगाउने गर्छ । ‘आफु जस्तो सफलता प्राप्त गरेपनि देशको शिर सधै उच्च राख्न काम गरेकी छु’ मल्ल भन्छिन ‘त्यहि नै मेरो पहिचान हो ।’

मुस्ताङकी गुरुआमा, कोरीयामा ‘आमा’ – मल्लिका

कोरीयामा नेपाली महिलाहरु कुनै समस्यामा परेर बस्ने खाने समस्या भयो भने राजधानी सोलस्थित दोङ्देमुनमा रहेको सेल्टर पुग्छन् । जहाँ खान बस्न मिल्छ । नेपालमा समस्यामा परेका महिलालाई राख्ने राम्रो पुनस्र्थापना केन्द्र छैन, तर कोरीयामा यस्तो व्यवस्था मिलाउने पनि नेपाली महिला नै हुन् ।

जसको अगुवाहुन मल्लिका श्रेष्ठ थकाली । महिलाहरुले काम छोडेर अथवा बिबिध कारणबस बाहिर बस्नु पर्दा धेरै हुने बसोबासको समस्या लाई टार्न सेल्टर स्थापना गरेको उनी बताउँछिन । ९ बर्ष अगाडी सम्म मल्लिकालाई मुस्ताङका जनताले गुरुआमा मान्थे । दाङको तुलसीपुर जन्मेकी श्रेष्ठको मुस्ताङमा बिहे भएपछि त्यही उनको २० बर्ष पढाएर बित्यो । शिक्षण सँगै सामाजिक काममा जोडिएकी मल्लिकालाइ गुरु आमाको नामले सबैले चिन्थे ।

गाउँमा महिला दिदी बहिनीहरुलाइ जागरुक बनाउने, सरसफाइँ तथा महिला जागरण अभियान चलाएकी उनको त्यो पहिचान अहिले मुस्ताङमा सम्म मेटिएको छैन तर शिक्षकबाट पेन्सनमा निस्केपछि कोरीया छिरेकी उनी कोरीयामा नेपाली महिलाकी आमाको रुपमा उदाइन् ।

‘सेल्टरमा समस्यामा परेका महिलाहरुलाई सेवा दिनुका साथै आर्थिक अवस्था कमजोर भएकाहरुलाई राहत संकलन गर्ने, मेडिकल शिविर राखेर स्वास्थ्य परिक्षण तथा यस्तै थुप्रै मानव सेवामा रमाएकी छु’ उनी भन्छिन् – ‘काम गरि बचेको समयमा आफु नेपालीकै सेवामा ब्यस्त हुन मनपर्छ । ’

शुरुमा आदिबासी जनजाती महा संघ दक्षिण कोरिया शाखाको सदस्य भएर सामाजिक कार्य सुरुवात गरेकी मल्लिका महिलाको लागि महिला नामक सस्थाकी पूर्व अध्यक्ष, आदिबासी जनजाती महासंघ कोरिया शाखा उपाध्यक्ष, थकाली सेवा समाज उपाध्यक्ष र गैर आवासिय नेपाली संघ, नेपाली सम्पर्क समिती, आदि बिभिन्न संघ लगायतका संस्थामा सल्लाहकारको भुमिकामा छिन् ।

प्रवासमा महिलाहरुको हक अधिकार र समस्या समाधानसंग प्रत्यक्ष सरोकार र सहयोग गर्ने मात्र नभई नेपाली समुदायिक संघ संस्थासंग सहकार्य गर्न अग्रसर रहने मल्लिकाको कोरीयामा आयोजना हुने विविध कार्यक्रमहरुमा सहभागी भई विचार राख्ने तथा अन्य समाजिक सेवाका कार्यहरुमा छलफल गर्ने उनको दैनिकी जस्तै बनेको छ । मल्लिका उमेरले अरु भन्दा पनि पाको भएकाले सबैले अग्रज मानेर सल्लाह सुझाबको अपेक्षा समेत गर्छन ।

आफैले भोगेको पिडाले समाज सेवामा तान्यो : लक्ष्मी

उत्तर कोरीया सुन्दै नेपालीहरुको आङ्ग सिरीङ्ग हुन्छ । एकपटक दक्षिण कोरीयामा काम अप्ठेरो भएपिछि केही नेपालीहरु कम्पनीबाट भाग्दै उत्तर कोरीयाको सिमाको जंगलमा बास बसे । त्यसताका कोरीयामा नेपालीहरुका धेरै सँस्थाहरुपनि थिएनन् त्यसैले उनीहरुलाई उद्धार गरेर नेपाल पठाउन धेरैको आँट भएन ।

तर एकजना नेपाली महिला उनीहरुको उद्धारमा कम्मर कँसेर लागिन् र अन्ततः उनीहरुलाई सहयोग गरेर सकुसल नेपाल पठाई छाडिन् । यस्ती शाहसी महिलाको नाम हो लक्ष्मी गुरुङ्ग । कोरीयामा नेपालीको उद्धार गरेको विषय उठ्यो भने धेरैले सम्झने लक्ष्मीसँग अर्को पनि डरलाग्दो अनुभव छ – गोरुको मासु काट्ने काममा लागाएपछि कारीया पुगेका नेपाली युवालाई डिप्रेशन डिप्रेसन भएपछि जटिल अवस्थाबाट उद्धार ।

यी दुई घटना मात्र होईन उनले कोरीयामा बस्दा र उद्धारमा लाग्दा यस्ता दर्जनौँ डरलाग्दा समस्या भोगिन् । ‘हामीले कोरीयामा विगतमा झेलेको दुःख र उद्धारमा लाग्दा म सँग असाध्यै दर्दनाक कथाहरु छन कि त्यो अहिले सम्झँदा त अहिले आँशु थामिन्नन्’ उनी भन्छिन् ।

२४ बर्ष अघि कोरीया छिरेकी लक्ष्मी कोरीयामा बसोबास गर्ने नेपाली महिला मध्ये पुरानो महिला हुन । नेपाली सम्पर्क समितीको सदस्य, कोषाध्यक्ष हुदै समाज सेवामा होमिएर अहिले महिलाको लागी महिला सस्थाको संरक्षक र गैर आवासीय नेपाली संघ दक्षिण कोरीयाकी अध्यक्ष समेत रहेकी लक्ष्मी विगतमा नेपालीले पाएको दुःख सम्झदा अझै भक्कानिन्छिन् ।

‘हामीले पाएको दुख अरुले नपाउनु भनेर महिलाहरुका त्यस्ता दर्दनाक दु:खलाई समाधान गर्न समाज सेवामा होमिएको हुँ’ उनि भन्छिन् ‘विगत भन्दा अहिले ९० प्रतिशत सुधार छ कोरीयामा महिलाको समस्या ।’ लक्ष्मीका अनुसार विदेशमा नेपाली महिला नेपाली पुरुष बाटै पनि पिडित हुने गरेका छन, मात्रै ब्यक्त नभएको हो ।

‘कोरीयन सँग विहे गरेर आउने महिला हरु यस अगाडी धेरै पिडित थिए ,धेरैको उद्दार गरियो’ उनी भन्छिन ‘अहिले यहाको सरकार तथा नेपाली दुताबास मार्फत ध्यानार्कष भएपछि ह्वातै यस्ता समस्या घटे ।’

हाल गैर आवासीय नेपाली सँघको अध्यक्ष हुदा पनि नेपालीका हरेक समस्या हरु सुष्म तरिकाले समाधानमा आफु अग्रसर भैरहेको लक्ष्मी बताउछिन । ‘मैले चुनाव जितेँ चुनाव जित्नु ठुलो कुरा रहेनछ, बरु काम गर्न पो धेरै चुनौति हुदा रहेछन’ उनले भनिन ‘सबैको सहयोगको अपेक्षा छ उनी भन्छिन ।’  कास्की पोखरा घर भएकी लक्ष्मीको कोरीयामा होटल व्यवसाय पनि छ ।

नेपालीको सेवा र नेपाललाई विश्वमा चिनाउने अञ्जुको अभियान

नेपालमा जन्मेका गौतम बुद्ध भारतमा जन्मेका हुन भनेर सुन्दा नेपालीको कन्सिरी तात्छ । तर विश्वका अन्य मूलुकमा चलाईएको अफवाह चिर्न कसरी सक्नु । यही अफवाह बिरुद्ध कोरीयामा भने यस्ती एक महिला छिन जो शान्तिका प्रतिक गौतम बुद्ध नेपालमा जन्मिएको हुन भन्ने आधार थप पुष्टी गर्नको लागी कोरीयामा बुद्धको मुर्ति स्थापना गर्ने अभियानमा ब्यस्त छिन ।

ख्यंगी प्रान्तको योङीनस्थित युनेश्कोको विश्व सम्पदामा सुचिमा रहेको ऐतिहासिक वाउछङ्सा गुम्बामा नेपालबाट वुद्धको प्रतिमा ल्याएर स्थापना गर्ने अभियानमा लागेकी उनी हुन अन्जु केसी ।

‘स्वदेशी र विदेशी गरी लाखौ पर्यटकले अवलोकन गर्ने वाउछङ्सा गुम्बामा थाइल्याण्ड, कम्बोडिया, म्यान्मार लगायत बुद्धका अनुयायि रहेका मुलुकले आफ्नो मुलुकको वुद्धको प्रतिमा र राष्ट्रिय झण्डा राखेर धार्मिक पर्यटन र आफ्नो मुलुकको बारेमा प्रचार प्रसार गर्ने मेरो योजना हो’ केसी भन्छिन् ‘बुद्धको जन्मस्थल बारे कोरिया लगायत विश्वभर भ्रम रहेको बेला यसलाई चिरेर बुद्ध नेपालमै जन्मीएका हुन भन्ने दरिलो आधार सिद्ध गर्न पनि बुद्धको मुर्ति स्थापना गर्ने अभियानमा लागेकी छु ।’

१७ बर्ष पहिला कोरीया छिरेकी अञ्जुको यो काम उनको कार्यकालको सबैभन्दा महत्वपुर्ण काम मानिने छ । यस अभियानमा कोरीयाका अन्य थुप्रै नेपाली सघ सस्था तथा ब्यक्तीरुको साथ र सहयोग रहेको छ । यस्तो महान अभियानमा लाग्ने अञ्जु कोरीयामा नेपालीहरुले उच्चारण गर्ने एउटा लोकप्रिय समाजसेवीको नाम हो ।

नेपालीको दुःख र पिडालाई कम गर्न कुनै कसर बाकी नराखी खटने अञ्जुको दिनहरु कोरीयाको ब्यस्त जीवनशैलीका बावजुत पनि नेपालीका कथाव्यथा सँग मितेरी गास्दैमा वित्छन । कोरीयामा स्थापना भएका सबै नेपाली सघ संस्थाको छाता संगठन नेपाली सम्र्पक समिति कोरीयाकी अध्यक्ष रहेकी उनी उक्त सँस्थाको नेतृत्व गर्ने पहिलो महिला हुन् ।

सम्पर्क समितिमा रहँदाको आफनो कार्यकालमा नेपाललाइ अझ विश्व समुदायमा चिनाउनको लागी अरु सृजनात्मक कामहरु समेत गर्न थालेकी उनी दर्जन बढी सामाजिक सँघ संस्थामा कतै सल्लाहकार कतै सदस्य भएर आवद्ध छिन ।

पिडितले न्याय पाउदा सन्तुष्ट हुने गंगा

कुनैबेला सडकमा बोरा बोकेर पैसा माग्दै दगुर्ने बालबालिका देख्यो भने धेरैले खाते भन्दै हप्काउने गरेको देख्दा भलिबलकी राष्ट्रिय खेलाडी गंगा थापा श्रेष्ठको मन पिडाले चिथोथ्र्यो । बाबुआमासंग बिछोड भएका त्यस्ता बालबालिकालाई पढाएर उनको भविष्य सुनिश्चित गरीदिने रहर जाग्थ्यो तर समस्या थियो पैसाको ।

राम्रो मनले सोँचेको कुरा जतिसुकै कठीन भएपनि एक न एक दिन पुग्छ भनेको साँच्चै जस्तो भएको छ अहिले गँगाको जीवनमा जव उनी कोरीया पुगीन् । उनको अगुवाईमा चितवन सम्पर्क समितिले अहिले चितवनमा २३ जना अनाथ तथा असहाय बालबालिकालाई पढाई रहेको छ ।

उक्त कार्यक्रमको संयोजक रहेकी गंगाको संयोजनमा हाल कोरीया बाट १० लाख नेपाली रुपैयाँ त्यस्ता बालबालिको सहयोगका लागी जम्मा भएको छ । ‘कम्तीमा पनि १२ कक्षा सम्म त्यस्ता बालबालिकाहरुलाई पढाउने लक्ष्य छ’ उनी भन्छिन ।

असाय तथा अनाथ बालबालिकालाइ शिक्षा प्रदान गर्न पनि कोरीयामै बसेर अगुवाइ भुमिका खेलेकी अनाथ बालबालिकाकी अविभावक बनेकी उनको कोरीयामा झन ठूलो समाजसेवा छ । कुनै बेला भलिबल खेलकी राष्टिय खेलाडी तथा प्रशिक्षक बनेर नेपालमा नाम कमाएकी गंगा यतिबेला कोरीयामा नेपाली महिला अधिकारको पक्षमा वकालतमा दिनरात खट्छिन ।

महिलाहरुको पिडाहरु महिलाहरुले नै समाधान गर्नु पर्छ भन्दै कोरीयामा महिलाको लागी महिला अधिकार नाम सस्था स्थापना गर्ने अभियन्ता मध्येकी एक उनी त्यो सँस्थामार्फत महिलाका समस्या समाधान गर्न आफै लाग्छिन् ।

कोरीयामा समस्यामा परेका नेपाली महिलाहरुको मानसिक तथा शारीरिक पिडाको बारेमा जानकारी लिई समस्या समाधानमा सहजीकरण गर्न २०१० मा स्थापना भएको उक्त सँस्थाले चलाएको सेल्टरमा दिनहुँ नेपाली महिलाहरु आश्रय लिने गर्छन ।

त्यहाँ पुगेर महिलाहरुको समस्या सुन्ने र समाधानको लागी उचित पहल कदमी लिन गंगा ब्यस्त हुन्छिन । ‘नेपाली महिलाका हरेक खालका समस्या छन, जति सम्पर्कमा आउनु हुन्छ उहाँहरुको सेवा गरेरै हामी सकेसम्म पिडाहरु कम गरेका छौँ’ – गंगा भन्छिन ।

कोरीयामा समस्यामा परेका महिलाहरुको सहयोेग गरेको अनुभव नेपालमा पनि लागु गर्ने सोच आफ्नो रहेकोले अव निकट भविष्यमै नेपालमा पनि महिलाको क्षेत्रमा केही न केही सामाजिक काम गर्ने तयारी भएको गंगा बताउँछिन । त्यसको लागी कोरीयन सरकार सग पनि सहकार्य गर्ने तयारी छ । यसका अलवा गंगा जनसम्पर्क समिति दक्षिण कोरीयाकी पुर्व सभापति, नेपाली सम्पर्क समितिकी सल्लाहकार तथा दर्जनौ संघ सस्थामा आवद्ध छिन ।

पैसा हैन पुण्य कमाउँदा खुसि मान्छिन पदमा


कोरीया धेरै नेपालीले सोँच्छन पैसा कमाउने आकर्षक ठाउँ । तर भोग्नेलाई बाहेक अरु धेरैलाई के थाहा ब्यक्त गर्न नसक्ने असह्य पिडा ट । तर यो कुरा पत्ता लगाईन चितवन मँगलापुरकी पदमा श्रेष्ठले । कोरीयामा रहेका नेपालीहरुको समस्यालाई मध्यनजर गरेर जव उनी लगायतको टोलीले मासिक रुपमा स्वास्थ्य परीक्षणको आयोजना ग¥यो त्यो बेला थाहा भयो नेपाली महिलाहरु कति पिडामा छन् ।

‘काम गदै गर्दा कोरीयामा कृषि पेशामा रहेका नेपाली महिलाहरु प्रत्यक्ष वा अप्रत्यक्ष हिँसाको सिकार रहेछन भन्ने थाहा भयो’ २००४ मा कोरीया छिरेकी श्रेष्ठ भन्छिन् ‘यो समस्याको समाधानका लागि राजदुताबासले विशेष पहल लिनु पर्छ भनेर हामीले अगुवाई गरेका छौँ ।’

महिलाको लागी महिला सँस्थाकी हालकी अध्यक्ष पदमा कोरीयामा स्थापना भएका करिब आधा दर्जन जति सघं सस्थामा अन्य समाजसेवी दिदी बैनीहरु सगै हातेमालो गरेर नेपालीलाई नियमित स्वास्थ्यपरीक्षण र भाषा कक्षा समेत सञ्चालन गरेको बताउँछिन् । पदमाको दैनिकी दिउँसो १ बजे बाट राती १ बजे सम्म कम्पनीमा काम गर्ने र बाँकी समय नेपाली चेलीहरुको सेवामै बित्छ ।

‘हप्तामा तिन देखी पाच जना सम्म महिला दिदी बैनीहरुलाई अस्पताल लिनु पर्छ, अन्य समस्या पनि धेरै हुन्छन तर केही झन्झट लाग्दैन’ उनि भन्छिन् ‘सेल्टरमा आएका दिदिबहिनीको समस्या समाधान गरेपछि जव पिडितले धन्यवाद दिन्छन त्यतिबेला पुण्य प्राप्त गरेको अनुभुति गर्छु ।’ उनको कार्यकालमा उक्त सँस्थाले कोरीयामा रहेका नेपालीहरुको प्रत्येक महिना स्वास्थ्य जाँच देखि भाषा प्रशिक्षण समेत गदै आएको छ ।

सम्पादकको अनुमतिबिना साभार गर्न निषेध गरीएको छ ।