बैशाख ३, २०८१ सोमबार

नारी दिवसकै दिन बोक्सीको आरोपमा बाबाले मच्चाए वितण्डा,रमिते गाउँले (भिडियो सहित)



काठमाडौ-बिहीबार देशभर धुमधामसँग अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका थिए । पुरुषहरुले पनि महिलालाई समान व्यवहार गर्ने मात्र होइन, महिला हिंसाविरुद्ध हातमा हात मिलाएर लड्ने प्रतिवद्धता जनाए ।

तर, कैलालीको घोडाघाडी नगरपालिका(५ देउकलीमा भने २० वर्षीया एक युवती भने लगातार ६ घन्टासम्म कुटपिटमा परिन् । आफूलाई भोले बाबा बताउनले ताण्डव नृत्य देखाइरहँदा सिंगो वस्तीका मानिस घेरा हालेर रमिता हेरिरहे ।

पीडित राधा चौधरी सेती अञ्चल अस्पताल धनगढीमा जीवनमरणको दोषाधमा छिन् । चिकित्सकका अनुसार उनको पेट, छाती, टाउको, खुट्टा, घाटी, नाक, कान लगायत शरीरका धेरैजसो भागमा चोट लागेको छ । तर, कुटपिटमा संलग्नहरुलाई स्थानीय जनप्रतिनिधिले नै रातारात छुटाएर लगेका छन् ।

यसरी कुटिइन् राधा

बिहीबार विहान राधा आफ्नो घरको आगन सफा गर्दै थिइन् । ५र७ जनाको समूह आयो र जबरजस्ती भोले बाबा रामबहादुर चौधरी भएको ठाउँमा पुर्‍याए ।

रामबहादुरले ‘तँ बोक्सी भन्दै राधामाथि जाइलागे । त्यसपछि उनी लगातार कुटिइन् । अस्पतालको शैयामा छपटाइरहेकी उनले भनिन्, बोक्सी झार्छु भन्दै बाबाले कुट्न थाले ।’

उनले आफू बोक्सी नभएको भन्दै रोइकराई गरिन् । तर, न त बाबाले सुने न गाउँलेले रोके । विरामी भनिएकी पार्वती चौधरी पनि बाबासँगै राधामाथि जाइलागिन् ।

पार्वती कहिले राधाको कपाल लुच्छिन् त कहिले उनीमाथि मुड्की र लात्ति बर्साउँछिन् ।

राधा आफ्नो बचाउ गर्न सक्दिँनन् । बाबा भनिने रामबहादुर पनि उनीमाथि मुड्की बर्जाछन् । राधा भुतुक्क हुन्छे । नागको शैली नक्कल गर्दै बाबा भन्छन्, ‘बोल तो कोन हे ?

बाबा र पार्वतीले लगातार राधामाथि कुटपिट गर्छन् । कहिले लछाप पछार गर्छन् त कहिले मुड्की बर्जाछन् ।

आफूलाई बाबा बताउने रामबहादुर उनलाई ‘बोक्सी’ प्रमाणित गर्न अनेक प्रयास गर्छन् । सोध्छन्, त को होस् ?

राधा आफूलाई अबोध बालक भएको स्पष्टिकरण दिन्छन् । तर, उनीमाथि लगातार कुटपिट भइरहन्छन् । २० वर्षकी युवतीमाथि यसरी निर्घात कुटपिट भइरहँदा सिंगो गाउँले रमिते बनेर बस्छन्, एक शब्द पनि बोल्ने आँट गर्दैनन् ।

‘म बोक्सी होइन, मलाई नकुट्नुस् भन्दा त्यहाँ रमिता हेरेर बस्नेहरुका अगाडि मेरो शरीरको सम्बेदनशील अंग लगायत शरीरका अन्य भागमा निर्घाट प्रहार भैरहृयो राधाले रुँदै भनिना्, ‘मलाई नकुट भन्ने त्यहाँ कोही भएन ।’

घटनाबारे जानकारी आएपछि प्रहरी टोली गएर राधाको उद्दार गरेको थियो भने विरामी भनिएकी पार्वतीलाई उपचारका लागि अस्पतालतर्फ पठाएको थियो ।

जनप्रतिधिले नै छुटाए भोलेबाबालाई

घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय सुखडले भोले बाबा उर्फ रामबहादुरलाई पक्राउ गर्‍यो । तर, रामबहादुरलाई छुटाउन स्थानीयबासीको भिड इलाका प्रहरी कार्यालयमा पुग्यो । प्रहरीले पनि राबहादुरलाई छोडिदिएको छ ।

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाअध्यक्ष प्रेम रोकाया र पीडित युवतीका बुवा जोखन चौधरी लगायतको रोहबरमा रामबहादुरलाई छोडिदिएको इलाका प्रहरी कार्यालय सुखडका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक दिनेश विष्टले जानकारी दिए ।

कुनै समयमा साइकलमा भारतीय बजारबाट समान ल्याएर घरघर डुली व्यापार गर्ने रामबहादुर आफूलाई दैवीशक्ति प्राप्त भएको भन्दै गाउँमै झारफुक गर्ने गरेका छन् ।

घटना सार्वजनिक भएपछि चर्को विरोध भएको छ र रामबहादुर पक्राउ परेका छन् । उनीविरुद्ध पीडित युवतीका बाबुले जाहेरी दिएपछि उनी शुक्रबार पक्राउ परेको छ ।

उनीविरुद्ध सार्वजनिक अपराधको मुद्धा चलाइएको छ । Source:www.onlinekhabar.com