बैशाख १, २०८१ शनिबार

दुर्गा पौडेलले सँसदमा उठाईन राधा चौधरीमाथी कुटपिट गर्नेलाई कार्वाहीको माग



काठमडौँ – राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले सभामुख कृष्ण बहादुर महराको पहिलो काम लैंगिक बिभेद अन्त्य गर्ने निर्देशनबाट शुरु गर्न माग गरेकी छन् ।

संघिय सँसद बैठकमा बोल्दै पौडेलले आजदेखि सभामुखको कार्यभार शुरु गरेका सभामुखले सरकारलाई रुलिङ्ग गरी कैलालिकी राधा चौधरीमाथी कुटपिट गर्नेलाई कार्वाही गर्ने वातावरण बनाउन माग गरीन् ।

‘जुन प्रकारको जघन्य अपराध भएको छ, सरकारले सबैभन्दा कडा कार्वाही गरोस’, उनले भनिन् – ‘लैँगिक बिभेद अन्त्य गर्ने गरी रुलिङ्ग गरेर सभामुखको पहिलो काम शुरु हुनेछ भन्ने कुरामा ध्यानाकर्षण गर्न चाहन्छु ।’

नेपाल मजदुर किसान पार्टीका नेता तथा साँसद प्रेम सुवालले पनि राधा चौधरीका पिडकलाई कार्वाही गर्नुपर्ने माग गरे । उनले एउटी छात्रालाई बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिन माग गरे ।

‘सभामुखबाट रुलिङ्ग गरेर सरकारसंग स्पष्टिकरण लिनु आवस्यक छ’ उनले भने ।