चैत्र १५, २०८० बिहीबार

‘आमा’ प्रधानमन्त्री



काठमाडौं- २९ बर्ष पहिले बेनजीर भुट्टो प्रधानमन्त्री पदमै रहँदा आमा बन्ने संसारकै पहिलो प्रधानमन्त्री बनेकी थिईन् । भुट्टाले आफ्नी छोरी बख्तावरलाई २५ जनवरी १९९० मा जन्म दिएकी थिईन् । भुट्टो दुई कार्यकाल प्रधानमन्त्री भएकी थिईन् ।

प्रधानमन्त्री र आमा

अहिले यही घटना फेरी दोहोरिएको छ, न्युजिल्यान्डमा । न्युजिल्याण्डकी ३७ बर्षिया ज्याकिन्डा अर्डेर्न प्रधानमन्त्री रहँदै आमा बन्ने संसारकै दोस्रो व्यक्ति बनेकी छिन् । सन् १९९० मा भुट्टोलाई आमा र प्रधानमन्त्री दुवैको भूमिका निवार्ह गर्न सहज भने थिएन् । प्रधानमन्त्रीलाई सुत्केरी विदा उपलब्ध नहुने भन्दै उनका विपक्षीले उनीमाथि निरन्तर प्रहार गरेका थिए ।

कतिपय नेताले त प्रधानमन्त्री पदमा रहने महिला राजनीतिज्ञले बच्चाको बारेमा सोच्नु मुर्खता भएको समेत भनेका थिए ।भुट्टो आमा बनेको थाह पाएपछि पाकिस्तानका एक नेताले भनेका थिए ।

‘मान्छेहरु प्रधानमन्त्रीबाट त्याग र वलिदानीको अपेक्षा गर्छन । तर, हाम्री प्रधानमन्त्रीलाई सत्ता, मातृत्व, परिवार, ग्ल्यामर सबै चाहिन्छ । यस्ता व्यक्तिलाई लालचि भनिन्छ ।’

सन् १९८८ मा प्रधानमन्त्री बन्नुभन्दा अगाडी भुट्टोको गर्भमा उनको पहिलो सन्तान थियो । उनी गर्भवती भएको विषयलाई उनका विपक्षीेले राजनीतिक हतियार बनाएका थिए ।

भुट्टोले एक आलेखमा लेखेकी छिन् । ‘१९७७ पछि जियाउल हकले पहिलोपटक पाकिस्तानमा लोकतान्त्रीक प्रक्रियामा जाँदै निर्वाचन गर्ने घोषणा गरिदिए, किनकी उनिहरुलाई थाह थियो म गर्भवती छु भनेर । उनीहरुलाई के लागेको थियो भने गर्भवती महिला चुनावी अभियान चलाउन सक्दिन ।

तर म यस्तो गर्न सक्थेँ र मैले गरेर पनि देखाए । मैले जितेँ र गर्भवती महिला निर्वाचन अभियान चलाउन सक्दैनन् भन्ने धारणा गलत सावित गरिदिएँ ।’

१९८८ को निर्वाचन भन्दा केही महिना पहिले भुट्टोले प्रि म्याचुयर सन्तान जन्माईन र उनी प्रधानमन्त्री बनिन् । त्यतिखेर उनले बिलावललाई जन्म दिएकी थिईन् । करिब २९ बर्षको यो दौरानमा धेरै कुराहरु बदलिएका छन् । तर पनि महिला र पुरुषबीचका दूरीहरु भने अझै यथावत छन् ।

पुरुष राजनीतिज्ञलाई उसको राजनीतिक कौशलतामा नियाँलिन्छ । तर, महिला राजनीतिज्ञलाई उसको काम, विवाह, बच्चा, जस्ता कुराहरुले नियाँलिन्छ ।

बच्चा नभएका आईमाई शासनका लागि अयोग्य ? 

सन् २००७ मा अष्ट्रेलियाका एक ठूला नेताले त्यहाँकी एक महिला राजनीतिज्ञलाई प्रयोग गरेका शब्द महिलाहरुलाई होच्याउने खालको निकै निकृष्ट थियो । उनले भनेका थिए, ‘बच्चा जन्माउन नसक्ने बाँझी आईमाईहरु शासनका लागि अयोग्य हुन्छन ।’ यस्तो निकृष्ट शब्द ति नेताले जुलिया गिलार्डका लागि प्रयोग गरेका थिए । जुलिया २०१० देखि २०१३ सम्म अष्ट्रेलियाकी प्रधानमन्त्री बनेकी थिईन् ।

ति नेताले जुलियाको सन्तान नभएकाले उनि प्रधानमन्त्री बन्न अयोग्य रहेकोतर्फ संकेत गरेका थिए । गत बर्ष बेलायतमा भएको संसदीय निर्वाचनमा पनि एक गर्भवती महिला उम्मेदवार बनेकी थिईन् । ति गर्भवती उम्मेदवारलाई लक्षित गर्दै उनका विपक्षीले भनेका थिए । ‘उनी त बच्चाका प्याड बदल्न पर्फेक्ट हुनेछिन्, यस्तो अवस्थामा जनताको आवाज कसरी बन्न सक्छिन् । जो महिला गर्भवती छे उ कसरी कुशल सांसद हुन सक्छ ?

जर्मनकी एन्जेला मर्केल हुन् या भारतकी मायावती सबै महिला नेतृहरुले विवाह नगरेको वा सन्तान नजन्माएको भन्दै निकै कुरा सुन्नु परेको छ । सन् २००५ को निर्वाचनका दौरान मर्केलको बारेमा उनका विपक्षीले भनेका थिए । मर्केलको बायोडाटाले देशका धेरै महिलाको प्रतिनिधित्व गर्दैन ।

संसदमा स्तनपान

राजनीतिको बाटो हुँदै घर र बच्चा सम्हाल्नुपर्ने जिम्मेवारी बोकेका महिलालाई परिवारको सहयोग पनि अपरिहार्य हुन्छ । बेलायतमा सन् २०१२ मा गरिएको एक अनुसन्धानका अनुसार अन्य महिलाको तुलनामा सांसद महिलाका सन्तान नहुने संभावना दुई गुणा धेरै देखियो ।

बेलायतमा एक महिला पहिलोपटक सांसद हुँदा उसको सबैभन्दा ठूलो बच्चाको उमेर १६ बर्षको हुन्छ । तर, कोही पुरुष पहिलोपटक सांसद बन्दा उसको पहिलो बच्चाको उमेर १२ बर्ष हुन्छ ।अष्ट्रेलियामा सन् २०१६ मा संसदमै महिलालाई स्तनपान गराउने अनुमति प्रदान गरियो । –एजेन्सी