बैशाख १२, २०८१ बुधबार

राष्ट्रपति भण्डारीको पहिलो ट्वीट:बालबालिकाको शिक्षामा पहँच पुर्‍याउने सरकारको सराहना



काठमाडौँ-राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालबालिका शिक्षाको पहुँचमा सरकारले गरेको प्रयासको सराहना गरेकी छन् ।

राष्ट्रपति भण्डारीको पहिलो ट्वीटमा भनिएको छ “सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना ”

राष्ट्रपति भण्डारीको आधिकारिक ट्वीटर एकाउन्ट एटप्रेसिडेण्टअफएनपी @PresidentofNP रहेको छ ।   संसारका विभिन्न राष्ट्रप्रमुख तथा सरकार प्रमुखले आफ्नो धारणा सार्वजनिक गर्न ट्वीटरको प्रयोग गर्दै आएका छन् ।

सहजरुपमा जनतासँग संवाद गर्ने थलोका रुपमा ट्वीटरलाई लिइन्छ । “नागरिकसँग प्रत्यक्षरुपमा जोडिने लक्ष्यका साथ राष्ट्रपति भण्डारी पनि ट्वीटरमा जोडिनुभएको हो,” प्रमुख स्वकीय सचिव अधिकारीले भने ।