बैशाख १३, २०८१ बिहीबार

गुल्मीका खेलाडी अब विश्वका सामु खेल्नुपर्छ:गिता थापा



काठमाडौ- प्रदेश नम्बर पाँचकी प्रदेश सांसद गिता थापाले खेलकुदको माध्यमबाट देश चिनाउने खेलाडी गुल्मीले उत्पादन गर्नुपर्ने बताएकी छिन् ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ शुरु भएको नवौ जिल्लास्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बोल्दै थापाले खेलकुदका लागि खेलाडीहरुलाई आवश्यक पर्ने सबै सामग्रीको व्यवस्थाका लागि पहल गर्ने बताइन् ।

उनले गुल्मी जिल्लाका स साना खेलमैदानमा खेल खेलीरहेका खेलाडीहरु विश्व सामु खेलेको हेर्ने रहर भएको समेत बताइन् । थापाले त्यसका लागि आफुले प्रदेश सरकार संग पहल गर्ने पनि प्रतिबद्धता व्यक्त गरिन् ।