चैत्र १६, २०८० शुक्रबार

दुधे बच्चा बोकेर गाउँगाउँमा योजना छान्दै सांसद गिता



गुल्मी-बैशाखको टन्टलापुर घाम । कोखमा बच्चा काँखी च्पापेर गुल्मीका गाउँ गाउँ पुगिरहेकी छिन् यतिबेला प्रदेश नम्बर पाँचकी प्रदेश सांसद गिता थापा । पदमा पुगिसकेपछि गाउँ नर्फकने,फर्किहाले पनि गाडी हुकाइउदै, मान्छे भेला पार्ने,विषेश कार्यक्रम नपरी जिल्ला नर्फकिने प्रवृत्ति आम नेताहरुमा देखिन्छ ।

तर सांसद थापा भने अहिले जनताका आवश्यकताहरुका बिषयमा छलफल गर्नका लागि गाउँ गाउँमा पुगिरहेकी छिन् । उनले जिल्लामा सञ्चालनमा रहेका विकास निर्माणका योजनाहरुको अनुगमन गरी समयमै सम्पन्न गर्नका लागि खबरदारी गर्नुका साथै गाउँलेहरु संग पनि छलफल गरिरहेकी छिन् ।

उनले बैशाखको अन्तिम सातातिर परिक्षण उडान हुन लागेको गुल्मीको रेसुङ्गा विमानस्थलको बिषयमा जानकारी लिएकी छिन् । रेसुङ्गा विमानस्थलको निर्माण सम्पन्न गर्नका लागि जिम्मा लिएको कम्पनीका कर्मचारीहरु थापाले परिक्षण उडानका बारेमा जानकारी लिइन् ।

पैदल यात्रामै सांसद थापाले जिल्लाका विपन्न बस्तीमा पुगेर महिलाहरुका आवश्यक्ताका बिषयमा छलफल चलाइरहेकी छिन् । उनले रेसुङ्गा नगरपालिका वार्ड नं ११ को कुमाल बस्तीका महिलाहरु सग गरी छलफल गरी शिक्षा,स्वास्थ्य खानेपानीका आधारभुत आवश्यक्ताा पुरा गर्नका लागि प्रतिबद्धता व्यक्त गरिन् ।

गुल्मीको क्षेत्र नं १ का छत्रकोट,रुरु र दरबार गाउँपालिकाका गाउँमा पुगेर आर्थिक बर्ष २०७५ र ७६ का लागि बजेट बिनियोजन तथा योजनाका बिषयमा भेटघाट गरिरहेकी छिन् । सांसद थापासंग स्थानियले भैंसी पालन, विधालय भवन लगायतका बिषयमा बजेटको पहल गरिदिन माग गरेका छन् ।