बैशाख ४, २०८१ मंगलबार

पत्रकार यशोदा अधिकारीलाई दिपज्योती सम्मान



काठमाडौ- दीपज्योति आवासिय माध्यमिक विद्यालयले स्थापना गरेको ‘दीपज्योति सम्मान यसबर्ष पत्रकार यशोदा अधिकारीलाई प्रदान गरिने भएको छ ।

भाषा, साहित्य र कलाको श्रीवृद्धिको लागि स्थापना कालदेखि नै निरन्तर लागि परेको यस विद्यालयले २०४८ सालदेखि ‘ज्ञानसिन्धु’ वार्षिक र २०६२ सालदेखि ‘दीपज्योति आवाज’ मानिस नयमित रूपमा प्रकाशन गर्दै आएको छ । यसले भाषा, साहित्य, कला र सामाजिक जीवनका विविध क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने दुईजना साधकलाई विगत ११ वर्षदेखि ‘दीपज्योति सम्मान’ प्रदान गर्दै आएको छ । अधिकारी लामो समयदेखी पत्रकारीता,साहित्य,कथा र कविताको क्षेत्रमा क्रियाशिल छिन् । उनी पत्रकार महिलाहरुको संस्था सञ्चारीका समुहको केन्द्रिय कोषाध्यक्ष हुन् ।

यसै सन्दर्भमा यस वर्ष विगत तीन दशकदेखि भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा निरन्तर कलम चलाइरहनु भएका रत्नप्रसाद श्रेष्ठ अनामणि र दुई दशकदेखि निरन्तर भाषा, साहित्य र सञ्चारको क्षेत्रमा क्रियाशील यशोदा अधिकारीलाई ‘दीपज्योति सम्मान प्रदान गरिने निर्णय भएको छ ।

तीन दशक अघि गोँगबुँ क्षेत्रमा पहिलो संस्थागत विद्यालयको रूपमा स्थापना भएको अब्बल दर्जाको पठनपाठनको अतिरिक्त विद्यार्थीहरूको समग्र शारीरिक, मानसिक र बौद्धिक विकासको लागि पूmटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, क्रिकेट, ह्याण्डबल, कर्फबल, कपर्दी, तेक्वान्दो, नृत्य, संगीत, चित्रकला, साहित्य, हाजिरीजवाफ, वादविवाद, वक्तृत्वकला आदिको क्लबहरू स्थापना गरी विविध क्षेत्रको ज्ञान दिँदै आइरहेको छ ।

यस विद्यालयले आफ्ना विद्यार्थीहरूमा हाम्रा संस्कृति र परम्पराको ज्ञान र अभ्यास गराउने उद्देश्यले विगत डेढ दशकदेखि असार १५ मा दही–चिउरा, साउन १५ मा खीर, तीज, माघेसङ्क्रान्ति जस्ता हाम्रा धार्मिक एवम् साँस्कृतिक चाडवाडलाई पनि विविध रूपमा मनाउँदै आइरहेको छ ।

यस सम्मानबाट हालसम्म साहित्यकार मोदनाथ प्रश्रित, प्रा.डा.गार्गी शर्मा, गीता केशरी, माया ठकुरी, डा.शैलेन्दुप्रकाश नेपाल, डा.सत्यराज थपलिया, दामोदर पुडासैनी किशोर, नरेन्द्रराज प्रसाई, प्रभा भट्टराई, मणि लोहनी लगायत १४ जना साहित्य साधकहरू सम्मानित भइसक्नुभएको छ ।  यस वर्षको सम्मान यही वैशाख २२ गते वसन्त काव्यगोष्ठीको आयोजनासहित प्रदान गरिने छ ।