बैशाख ९, २०८१ आईतबार

पत्रकार भट्टराईलाई खोज पत्रकारिता प्रोत्साहन सम्मान



काठमाडौँ –बारबरा एडम्स खोजी पत्रकारिता प्रोत्साहन सम्मान पत्रकार कल्पना भट्टराईलाई प्रदान गरिएको छ । ‘बारबरा एडम्स खोजी पत्रकारिता प्रोत्साहन सम्मान’–२०१७ पत्रकार भट्टराईलाई प्रदान गरिएको हो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व राष्ट्रपति डा। रामवरण यादवले भट्टराईलाई ‘बारबरा एडम्स खोजी पत्रकारिता प्रोत्साहन सम्मान’ प्रदान गरेका हुन् । पुरस्कारको राशी १० हजार एक रुपैया रहेको छ ।

बारबरा फाउन्डेसनले यस वर्षदेखि सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो । निर्णायक समितिको सिफारिस बमोजिम छनौटमा परेका उत्कृष्ट ५ रिपोर्टहरु मध्येबाट प्रोत्साहन सम्मान प्रदान गर्ने निर्णय गरेको थियो । सो सम्मानका लागि ‘क्रसर डनको दबदबा’ शीर्षकको खोजी रिपोर्ट छनौटमा परेको थियो ।

नेपालको खोजी पत्रकारितामा योगदान पुर्‍याएबापत सो सम्मान प्रदान गरिएको फाउण्डेशनका अध्यक्ष प्रा.डा. सन्दुक रुइतले जानकारी दिए ।