बैशाख ११, २०८१ मंगलबार

संहिता लागुभएपछि पाँच दिनमा सम्वन्ध विच्छेदका पाँच फैसला



गुल्मी–मुलुकी ऐन लागू भएको ५ दिन भित्रमा गुल्मी जिल्ला अदालतमा फैसला भएको पाँचवटै मुद्दामा महिलालाई एक रुपैयाँ पनि नदिलाई फैसला भएका छन् । अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालका अनुसार संहिता लागू भएको पाँच दिनमा पाँचवटै सम्वन्ध विच्छेदको फैसला विना पैसा भएका छन् ।

साउन अन्तिमसम्म जिल्लामा यस्ता मुद्दामा ५० लाखबाट वार्गेनिङ्ग गर्दै २० लाखसम्म पुरुषलाई तिराएर डाढ् सेक्ने गरेका थिए । संहिता लागू हुनु एक साताअघि मात्र एक महिलाले १० लाख नगद बुझेर सम्वन्ध विच्छेद गरेकी थिइन् ।

संहिता लागू नहुँदासम्म कतिपय महिलाका लागि सम्वन्ध विच्छेद गतिलो अवसर बनेको थियो । विशेषगरी अनुशासित संगठन सेना, प्रहरीका मानिसहरु जागिर जाने डरले जति मागे पनि तिरेर जागिर जोगाउन बाध्य थिए ।

त्यस्तै, बैदेशिक राजगारमा हुनेहरु पनि पीडित हुदै आएका थिए । घरमा आफ्नी श्रीमतीलाई परपुरुष गमनका वेला रंङ्गेहात भेटेपनि लाखौं तिरेर सम्वन्ध विच्छेद गराउने गरिएको थियो । अब त्यो बाध्यताबाट पुरुषहरु मुक्त भएका छन् ।