बैशाख ४, २०८१ मंगलबार

काठमाडौंमा यौन हिंसा : बसभित्रै अश्लील कृयाकलापको भिडियो



काठमाडौं – काठमाडौंमा सार्वजनिक सवारी साधनभित्रै यौन हिँसा हुने गरेको प्रमाण सार्वजनिक भएको छ । डल्लु लगनखेल रुटमा चल्ने फोर्स गाडीभित्र अश्लिल कृयाकलाप गरी भिडियो खिचेर सार्वजनिक गर्ने व्यक्तिको प्रहरीले खोजी शुरु गरेको छ ।
के छ भिडियोमा ?
भिडियोमा एकजना महिला सिटमा बसिरहेकी छन् । उनको पछाडीको सिटमा बसेको एक पुरुषले हस्तमैथुन गरी वीर्य महिलाको कपालमा स्खलन गरेको देखिन्छ । सिटमा बसेकी महिलाको कपालमा वीर्य हुन्छ तर उनले पत्तो पाउँदिनन् ।
उक्त व्यक्तिले आफैले भिडियो खिचेर सार्वजनिक गरेको छ । अघिल्लाउक्त भिडियोमामा भिडियो हेर्दा कुनै बसपार्क वा पार्किङ्गमा रोकिराखेको बसमा यस्तो गरेको अनुमान गर्न सकिन्छ । उक्त भिडियो बालकोट काँडाघारी चल्ने फोर्स गाडीको हुनसक्ने अनिशा कोईरालले अनुमान गरेकी छन । ‘गाडी पूरै खाली छ, यसको मतलव यो कि त बालकोट बसपार्क कि त काँडाघारी को फोर्स पार्क तिर या फेरी पुनासो बसपार्क तिर भएको घटना हुनुपर्छ’ उनले भनेकि छन् । तर एउटा suppressednarratives.home.blog मा भने उक्त भिडियो डल्लु – लगनखेल रुटमा चल्ने गाडीको हुन सक्ने भनेर लेखिएको छ । उक्त ब्लगका अनुसार उक्त भिडियो खिच्ने ब्यक्तिले यस्ता धेरै भिडियोहरु खिचेर पोष्ट गरेको जनाएको छ । ‘यो हस्तमैथुनका भिडियोहरु प्राय अनलाईनमा फैलिएको हुन्छ’ उक्त ब्लगमा लेखिएको छ ।
त्यस्तै करीब ३ महिना अगाडी सार्वजनिक भएको उक्त भिडियोमा पनि अश्लिल हर्कत गरेको देखिन्छ ।
उक्त भिडियोमा भने डल्लुपुलबाट गाडी चढेको भन्ने आवाज सुनिएको छ । उक्त भिडियो खिच्ने केटाले खैरो ट्राउजर चप्पल र ज्याकेट लगाएको देखिएको छ ।
महिलाहरुको चर्को बिरोध
उक्त भिडियोसामाजिक सञ्जालमा पोष्ट भएपछि चर्को बिरोध शुरु भएको छ । महिलाहरुको ग्रुप भएका सामाजिक सञ्जालमा पोष्ट भएपछि राजधानीका सार्वजनिक यातायातमा महिला माथी हुने यौन दुव्र्यवहारले सिमा नाघेकोले कडा कार्वाहीको पनि उनीहरुले माग गरेका छन् । ‘यो समाजमा यौन कुण्ठाले भरिएका व्यक्तिहरु जताततै देखिन्छन्, निर्मला लगायतका बलात्कार÷हत्याका केसहरु पनि यस्तै विद्रुप मनस्थितिका उपज हुन’ अधिकारकर्मी अमृता लम्साल भन्छिन् ‘यस्ता केसहरुमा कानुनि निकायले आँखा चिम्लिँदा आपराधिक कार्य झनै बढ्छ ।’
प्रहरीले थाल्यो अनुसन्धान
उक्त भिडियो खिच्ने व्यक्ति पत्ता लगाई कार्वाहीका लागि महिला अधिकारकर्मीहरुले प्रहरी समक्ष उजुरी गरेका छन् अधिकारकर्मी लम्सालले कार्यालयमा यस विषयमा जानकारी गराएको बताईन् ।
जानकारी आएपछि महानगरीय अपराध महाशाखाले यसको अनुसन्धान शुरु गरेको जनाएको छ । ‘भिडियो हे¥र्यौं तर को हो? गाडी कहाँको खुलेको छैन’, महाशाखाका एसएसपी धिरजप्रताप सिंहले भने ‘हामी अनुसन्धान गरिरहेका छौँ । सार्वजनिक सवारीमा यस्तो गतिविधि गर्ने जो भए पनि कारबाहीको दायरामा आउँछ ।’
सार्वजनिक सवारी साधनमा महिलालाई दुव्र्यवहार गर्नेलाई कारबाही गर्न प्रहरीले केही अघि पनि सेफ्टी पिन स्टिङ अपरेशन सञ्चालन गरेको थियो ।
अपराध महाशाखाले सार्वजनिक बसभित्र यस्तो कुकृत्य गर्नेबारे केही जानकारी भए नेपाल प्रहरीको १०० वा महाशाखाको ९८५१२८३०३२ मा सम्पर्क गर्न अनुरोध गरेको छ।