चैत्र १६, २०८० शुक्रबार

बलात्कारको आरोप लागेका वडा अध्यक्ष थुनामा



नवलपुर – नवलपुरको एक महिलालाई बलात्कार गरेको आरोप लागेका तनहुँको घिरिङ गाउँपालिका ४, का वडाअध्यक्ष झकबहादुर कुमालाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।

जिल्ला अदालत नवलपरासी पूर्वले सोमबार कुमाललाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश दिएको हो ।

गत बैशाख २५ गते वडा अध्यक्ष कुमालले नवलपुरको बौदीकाली २, स्थित जंगलमा ती महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बैशाख ३० गते युवतीले जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा उजुरी दिएकी थिइन् ।

घटनापछि फरार रहेका अध्यक्ष कुमाललाई प्रहरीले खोजी गरिराखेको थियो । अदालतले प्रकाउ पूर्जी जारी गरेपछि उनले नवलपुर प्रहरीसामु सोमबार आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

उनलाई जिल्ला कारागार चितवन चलान गरिएको छ । घटना नवलपुरमा भएकाले वडा अध्यक्ष कुमाल तनहुँका भएपनि नवलपुरबाटै नै मुद्धा चलाईएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।