बैशाख २, २०८१ आईतबार

हेलिकप्टरले गर्यो बाजुराकी सुत्केरीको उद्धार




सुत्केरी अन्जना बोहराको साल अड्किएपछि बुधवार उपचारको लागि हेलिकप्टरबाट काडमाण्डौं लगिँदै  । तिस्वर : निमेन्द्र शाही

बाजुरा -बाजुराजिल्लाको गौमुल गाउँपालिकाकी–१ अन्द्राणीकी २२ बर्षिया अन्जना बोहराको साल अड्किएपछि बुधवार उपचारको लागि हेलिकप्टर बाट उद्धार गरी काठमाण्डौको प्रसुती गृहमा लगिएको हो।

साल नझरेर रगत बगेपछि गौमुल गाउँपालिकाका अध्यक्ष हरी रोकायाको पहलमा हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको हो । उनको रगत धेरै बगिसकेकोले जिल्ला अस्पतालमा पनि उपचार गर्न लिन नसकीने नभएकाले काठमाण्डौ पठाईएको गाउँपालिका अध्यक्ष हरी रोकायाले बताए ।

‘सुत्केरी रगत धेरै बगेको छ २ दिन भयो बोल्न समेत सकेकी छैनन्’ आफन्त राम बहादुर बोहराले बताए । उनले थपेः‘हामी सबै परिवार निराश थियौँ,अस्पताल जान २ दिन लाग्छ ,हेलिकप्टर आयो भन्दा हामी अलि खुसी भयौँ अब ज्यान जोगिछ् की भन्ने आश पलाएको छ’

पुष एक गते पनि यसरीनै काँडा स्वास्थ्य चौकीमा चार दिनदेखि सुत्केरी व्यथाले छट्पटाइरहेकी १९ वर्षीया गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार गरेको थियो । सदरमुकाम मार्तडीदेखि दुई दिनको दूरीमा पर्ने साविकको खप्तड छेडेदह गाउँपालिका १ जारिमतोला काँडा घर भएकी रामकला नेपालीलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज पु¥याइएपछि उनको ज्यान जोगिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्लले भने – ‘सुत्केरी भए पछि दुई दिन सम्म रक्तश्राप भएकी बोहरालाई काठमाण्डौं लगिएको छ।’ हेलिकप्टर सदरमुकाम मार्तडी बाट अन्राडी पुगेर सुत्केरी लिएर सुरखेत हुँदै काठमाण्डौं गएको हो।

‘बोहराको बारेमा अफिसीयल खबर केही आएको छैन, जिल्ला स्वास्थ्य कार्यालयमा पनि आकस्मीक प्रसुती सेवा छ।, नौवटै जिल्लाको रीफरल सेन्टर धनगढी हो। फेरी उनलाई काठमाण्डौं लगिएको छ। केस कस्तो हो कुनै जानकारी छैन।’ जिल्ला अस्पताल कार्यालय बाजुरा प्रमुख डा.रुपचन्द्र विश्वकर्माले बताए।

यस अगाडी काँडाकी रामकला नेपालीलाई प्रदेशका आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाहले सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गराएका हुन् । यसअघि बाजुरा र बझाङका २ गर्भवतीलाई हवाई माध्यमद्वारा उद्धार गरिएको सामाजिक विकास मन्त्रालयले बताएको छ ।

सुदूरपश्चिमका बाजुरा, दार्चुला र बझाङका, अछाम धेरैजसो गाउँबस्ती सडक यातायातको पहुँचबाट टाढा छन् । विकट गाउँबाट साविकका गाविसमा रहेका स्वास्थ्य चौकीसम्म पु¥याउन पनि घण्टौंसम्म डोकोमा बोकेर हिँड्नुपर्ने बाध्यता छ । बाजुरा जिल्ला अस्पतालका प्रमुख डा. विश्वकर्माले प्रसूतिसम्बन्धी अप्ठेरो परे उपकरण र दक्ष चिकित्सक अभावमा उपचार कठिन हुने बताए ।