बैशाख ५, २०८१ बुधबार

बोल्न नसक्ने युवतीको सामुहिक बलात्कार




सप्तरी – सप्तरीमा बोल्न नसक्ने अपाङ्गता भएकी युवती बलात्कृत भएकी छन् ।

कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २० वर्षीया यूवतीलाई सोही ठाउँका २५ वर्षीय भीम मुखिया र ३५ वर्षीय भरत मुखियाले सामुहिक बलात्कार गरेका हुन् ।

उनीहरुले ललाइफकाइ कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलमा लगेर शुक्रबार साँझ जबर्जस्ती करणी गरेको प्रहरीको आरोप छ ।

दुवैलाई पक्राउ गरि अनुसन्धान गरीरहेको प्रहरी निरीक्षक प्रतीक विष्टले जानकारी दिए ।