बैशाख १, २०८१ शनिबार

कपिलवस्तुमा महिलाको हत्या



कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गामा गए राति एक महिलाको हत्या भएको छ ।

वाणगङ्गा नगरपालिका–४ बस्दै आएकी ३२ वर्षीया अनिता पौडेलको हत्या भएको कपिलवस्तुको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए ।

स्थानीयले पौडेलको गोली हानी हत्या गरिएको दाबी गरेका छन् । तर मृतकको शरीरको निधार र विभिन्न भागमा चोट देखिएकोले उनको गोली हानी हत्या गरिएको हो या धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो भन्ने कुरा शव परीक्षणपछि मात्र जानकारी हुने उनले बताए ।

जग्गाको विषयमा पहिलादेखि नै विवाद रहेको र सोही कारण पनि हत्या भएको हुनसक्ने स्थानीयले बताएका छन् । प्रहरीले अहिले घटनाको अनुसन्धान जारी राखेको छ ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक चन्द्र केसीले घटनाको सुक्ष्मरूपमा अध्ययन भइरहेको र चाँडोभन्दा चाँडो हत्याराको पहिचान हुने बताए ।