बैशाख १२, २०८१ बुधबार

बुढाबुढीका भगवान भरतमोहनलाई तीन छोरीले दिए दागबत्ती



काठमाडौ-पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

पूर्वमन्त्री अधिकारीलाई उनका तीन छोरीहरु लुना, लिमा र लिजाले दागबत्ति दिएका छन् । अन्त्येष्टिअघि आर्यघाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाए ।

सन् १९३६ मा महोत्तरीको भावरपूर्ण गाविसमा जन्मेका अधिकारीले पटकपटक मोरङबाट सांसद निर्वाचित भएका थिए। अधिकारीका श्रीमती र तीन छोरी छन्।