बैशाख १३, २०८१ बिहीबार

राज्य सञ्चालनमा महिलाको सहभागीता दक्षिण एसियामै उत्कृष्ट:उपाध्यक्ष दाहाल



काठमाडौ-राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देश विदेशमा बस्ने नेपाली महिलाहरुलाई शुभकामना व्यक्त गरेकी छिन् ।

उपाध्यक्ष दाहालले शुभकामना सन्देश जारी गर्दै आम नारीहरुको सुख, समृद्धि र प्रगतिको कामना गरेकी हुन् । “लैंगिक समानताका लागि समान सोच र व्यवहार स् समृद्धिको आधार” नारासहित आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।

राष्ट्रिय सभाका उपाध्यक्ष दाहालले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रुपमा स्थापित गरेको स्मरण गर्दै सबै किसिमको विभेद अन्त्य गर्दै समानुपातिक समावेशी र समतामुलक समाज निर्माण गर्ने संकल्प लिएको बताएकी छिन् । ।

“संविधानले महिलालाई पैतृक सम्पत्ति लगायत सबै विषयमा बिना भेदभाव समान अंशीय र वंशीय हक, सबै प्रकारका महिला शोषणविरुद्धको हक सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हक र समान कामका लागि समान पारिश्रमिक तथा समाजिक सुरक्षासम्बन्धी हक शिक्षा स्वास्थ्य रोजगारीमा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हकको प्रत्याभूत गरेको छ,” उनले सन्देशमा भनेकी छिन् ।