बैशाख १३, २०८१ बिहीबार

नारी दिवसको दिन महिला सांसद अपहरित



बझाङ — सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल अपहरणमा परेकी छन् । शुक्रबार बिहान १० बजेतिर बझाङको केदारस्युँ गाउँपालिका सैन्सुबाट प्रदेश सांसद मल्ल अपहरण परेकी हुन् ।

नारी दिवसको अवसरमा बुङ्गल नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सम्बोधनका लागि जाँदै गर्दा सांसद् मल्ल अपहरणमा परेकी हुन्।

विप्लवका बझाङ जिल्लाका एकजना कमाण्डरले सांसद मल्ल आफूहरूको नियन्त्रणमा रहेको बताएका छन् । देवकी मल्लले प्रदेश सांसदको हैसियतमा भएर पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउने काममा प्रभावकारी भूमिका खेल्न नसकेको विषयमा सोधपुछको लागि नियन्त्रणमा लिएको उनले बताए। उनले सोधपुछपछि सांसद मल्ललाई आजै छोडिने बताएका छन्।

अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बिन्दु चन्दलाई सरकारले गिरफ्तार गरको, बझाङको देउरामा हुन लागेको महिला संगठनको कार्यक्रममा प्रहरीले दमन गरेकोले मल्ललाई अपरहण गरिएको समेत उनले बताए।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले सांसद मल्लको अपहरणबारे जिल्ला प्रशासन कार्यालयमा सूचना आएको र यस विषयमा बुझ्ने काम भइरहेको बताएका छन्।

मल्ललाई अपहरण गरेर घण्रघछ जना विप्लवका कार्यकर्ताले बुङगल नगरपालिकाको जंगलतर्फ लगेको स्थानीयले बताएका छन्।