बैशाख ५, २०८१ बुधबार

अपहरणमा परेकी सांसद भेटिइन्



बझाङ — अपहरणमा परेकी सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ललाई प्रहरीले फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले केदारस्युँ गाउँपालिका – ५ बगडीपाउटा भन्ने ठाउँमा फेला पारेको डीएसपी प्रविण धितालले जानकारी दिए । उनका अनुसार सांसद मल्ललाई सदरमुकाम ल्याउने काम भइरहेको छ ।

उनका अनुसार सांसद मल्ललाई सदरमुकाम ल्याउने काम भइरहेको छ ।

फोन सम्पर्क नभएकोले अपहरणबारे विस्तृतमा जानकारी आइनसकेको डीएसपी धितालले बताए। सांसद मल्ललाई एक्लै भएको अवस्थामा प्रहरीले भेट्टाएको हो।

नारी दिवसको कार्यक्रममा सहभागी हुन जाँदै गरेको अवस्थामा शुक्रबार बिहान १० बजेतिर सांसद मल्लको अपहरण भएको हो।