बैशाख ११, २०८१ मंगलबार

महिनावारी हुँदा एकजना नेपाली महिलाको खर्च २ लाख १० हजार रुपैयाँ



तस्वीर : श्रोत बीबीसी

नेपाली महिलाहरूले औषतमा आफ्नो मासिक आयको तीन प्रतिशत रकम महिनावारी हुँदा प्रयोग हुने सामग्रीमा खर्च गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

यो एशियाकै राम्रो अर्थतन्त्र भएका देशहरू सिङ्गापुर ९०।२२५० र दक्षिण कोरिया ९०।३४५० भन्दा झन्डै दश गुणाले बढी खर्च हो।

बीबीसीले एशियाका विभिन्न १८ देशबाट सङ्कलन गरेको तथ्याङ्क विश्लेषणमा यस्तो आंकडा आएको हो । उक्त विश्लेषण अनुसार महिलाहरू महिनावारी हुँदा धेरै खर्च हुने देशको सूचीमा नेपाल एशियाकै दोस्रो स्थानमा रहेको छ । सबैभन्दा धेरै खर्च गर्ने देशमा पाकिस्थान परेको छ ।

नेपालका महिलाहरुले महिनावारी हुँदा प्रयोग हुने सामग्रीमा खर्च गर्ने रकम औसत नेपाली परिवारले शिक्षामा खर्च गर्ने रकम जति नै हो।

यो विश्लेषण खुद्रा पसलमा बिक्री हुने स्यानिटरी प्याड, दुखाइ कम गर्ने औषधि र डन्डीफोर आउँदा लगाउने क्रिमको मूल्यका आधारमा गरिएको छ। विशेषज्ञहरूका अनुसार यी सामग्री सामान्यतया प्रत्येक चक्रमा सात दिन प्रयोग गरिन्छ।

अन्तर्राष्ट्रिय मुद्राकोषले देखाएको विभिन्न देशको पर्जेजिङ पावर प्यारिटी ९पीपीपी०को दरलाई आधार मानेर मूल्यको समायोजन गरिएको छ। त्यसपछि उक्त देशका महिलाहरूको औसत मासिक आय सँग तुलना गरिएको छ।

नेपाली महिलाहरूले आफ्नो जीवनमा झन्डै २,१०,५६५ रुपैयाँ महिनावारी हुँदा खर्च गर्छन्। यो रकमले काठमाण्डूमा तीनवटा शयनकक्ष भएको अपार्ट्मेन्टमा सात महिनाको भाडा तिर्न पुग्छ।

त्यति रकमले एउटी महिलाले सप्ताहान्तमा हलमै गएर झन्डै पाँच सयवटा चलचित्र हेर्न सक्छिन्। हरेक सप्ताहान्तमा चलचित्र हेर्न जाने हो भने उक्त रकम १० वर्षका लागि पर्याप्त हुन्छ।
(आइडीला रजाक र लारा ओवेन / बीबीसी)