बैशाख ११, २०८१ मंगलबार

म शोकमा हुँदा पीडाको व्यापार भयो : विद्या भट्टराई



ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधन भएपछि एउटा विद्या भट्टराईको कविता भन्दै एउटा कविता सामाजिक सञ्जालमा सेयर गरीयो ।

तर उक्त कविताको नाममा आफ्नो पीडाको व्यापार गरीएको भन्दै भिडियो बनाउनेलाई कार्वाहीको माग गरेकी छन् ।

त्यो बेला भेट्न आउनेहरुले कविताको कुरा गर्दा म जवाफ दिने अवस्थामा नभएको तर अहिले भिडियो हेर्दा अचम्म लागेको उनको भनाई छ ।

“शोकमा परेर कुनै पनि कुरा सम्झन नसक्ने विक्षिप्त अवस्था भएको मान्छेको कविता र स्वर भन्दै सामाजिक सञ्जालमा बिकाउन खोजिएको रहेछ ।

मलाई निकै दुःख लाग्यो”, भट्टराईले भनिन् “कहीँ कतै मैले कविता लेखेको छैन । म कविता लेख्दा पनि लेख्दिन । अहिले मेरो कविता र स्वर भन्दै सार्वजनिक गरिएको भिडियो हेरेँ, पीडाको व्यापार पो गरिएछ ।”

विद्याले आफूबाट पाथीभरामाईको पूजा सामग्री तयार गरिएको भन्ने कुरा पनि झुटो भएको बताइन् ।
उनीहरुका छोरा विराजले फागुन १५ गते अपराह्न ४ बजेतिर सामाजिक सञ्जालमा पोष्ट भएको उक्त भिडियो अहिले हटाइएको बताए ।

अधिकारीका बालसखा एवं नेपाल राष्ट्रिय वाणिज्य सङ्घका केन्द्रीय अध्यक्ष धनराज आचार्यले सामाजिक सञ्जालमा भट्टराईका नामबाट सार्वजनिक गरिएको कविता अडियो भिडियो भन्दै सार्वजनिक गर्नेलाई तत्काल छानबीनको दायरामा ल्याउनुपर्ने बताए ।