बैशाख १३, २०८१ बिहीबार

महिलाहरुले मात्र उडाए एयरबस, सर्वत्र प्रशंसा



कतार एयरवेजले १५ महिला (पूर्णरुपमा) समूहको चालक दलले सञ्चालित उडान पूरा गरेको छ।

आइतबार १० मार्च कोशेढुङा स्वरुप ब्रसेल्स्देखि दोहासम्मको उडान महिला समूहले सफल रुपमा गरेको हो।बेल्जियमको राजधानीदेखि कतारको हवाई केन्द्रसम्मको उक्त एयरबस ब्घछण् सत प्रतिशत महिला समूह सम्मिलित चालक दल भएको पहिलो उडान भएको एयरवेजले जनाएको छ।

एयरवेजका अनुसार एयरलाइनले हालै अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइएटा) सँग ‘आइएटा डाइभर्सिटी एण्ड इन्क्लुजन अवार्ड्स’ को सुरुवातको लागि १० वर्षे साझेदारी घोषणा गरेको छ। जसले उड्डयन उद्योगमा बृहत् रुपमा लैङ्गिक विविधतालाई प्रोत्साहन गर्दछ ।

उक्त सम्मानका पहिलो विजयीहरुको नाम आगामी जुन महिनामा हुने आइएटाको वार्षिक साधारण सभामा घोषणा गरिने जनाइएको छ।

कतार एयरवेज यस एयरलाइन र पूरै उद्योगभित्र लैङ्गिक विविधतालाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबरअल बकरले बताए।

ब्रसेल्स्देखि दोहासम्म दुईवटा उडान कतार एयरवेजमा समान रुपमा महिलाहरुलाई प्रतिनिधित्व गराउने लक्ष्यको एक उदाहरण रहेको उनको भनाइ छ।