चैत्र १६, २०८० शुक्रबार

‘महिलाले टेक्नेछन मंगल ग्रहमा पहिलो पाइला’



अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा अवतरण गर्ने पहिलो अन्तरिक्ष यात्री महिला हुने बताएको छ।

नासाका प्रमुख जिम ब्राइडेनस्टाइनले विज्ञान र प्रविधिमा आधारित रेडियो टक शो ‘साइन्स फ्राइडे’ मा मंगल ग्रहको पहिलो यात्री महिला हुने बताएका हुन् । 

उनले कुनै निश्चित व्यक्तिको नाम नलिएपनि कम्पनीका आगामी योजनाहरुमा महिलालाई सबैभन्दा बढी प्राथमिकता दिइरहेको बताएका हुन्।
 
नासाको आगामी चन्द्रमा भ्रमणमा महिलालाई संलग्न गराइनेबारे प्रश्न गर्दा पनि उनले अवश्य भनी जवाफ दिएका हुन्।

यसरी चन्द्रमामाको मिसनमा पनि महिलाको भूमिका प्रमुख रहने उनले बताए। 

त्यस्तै केही समय अघिमात्र नासाले पहिलोपटक महिला मात्रको टोलीलाई स्पेसक्राफ्ट बाहिर स्पेसवाकमा पठाउने खबर सार्वजानिक गरेको थियो। नासाको वेवसाइटका अनुसार सो स्पेसवाक सात घण्टा लामो हुने बताइएको छ।
 
यसरी १९७८ मा पहिलोपटक नासाले ६ जना महिला अन्तरिक्षयात्री नियुक्त गरेको थियो तर आज नासाका सक्रिय अन्तरिक्ष यात्रीहरुमा ३४% महिला रहेको एजेन्सीको भनाइ छ।

ब्रिडनस्टीनले भने, “नासा विविध र नयाँ प्रतिभाको समर्थन गर्न प्रतिबद्ध छ र यससँगै हामी पहिलो महिलालाई चन्द्रमासम्म पुर्‍याउनेबारे पनि सकारात्मक छौँ”, यससँगै उनले महिलाहरुको महिनाको सबैलाई शुभकामना दिएका हुन्। -सिएनएन