बैशाख ११, २०८१ मंगलबार

साफ महिला च्याम्पियनसिप : नेपालको सेमिफाइनल प्रतिद्वन्दी श्रीलंका



विराटनगर :<犀利士 /strong> विराटनगरमा भइरहेको पाँचौ साफ महिला च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा भएको छ।

समूह चरण अन्तर्गत आइतवार भएको अन्तिम खेलमा भारतले श्रीलंकालाई ५-० ले पराजित गर्दै समूह बी को विजेता बनेको हो।

शहिद रंगशालमा भएको खेलमा भारतका लागि ग्रेसी डाङ्गमेईले चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन्। त्यसको तीन मिनेटपछि नै सन्ध्या रंगनाथनले भारतको अग्रता दोब्बर पारिन्।

३६औँ मिनेटमा इन्दुमती काथेरेसनले भारतको लागि तेस्रो गरिन् भने संगिता बासफोरेले पहिलो हाफको अन्तिममा गोल गर्दै ४-० को अग्रता दिलाइन्। पहिलो हाफमा चार गोल गरेको भारतले दोस्रो हाफमा भने एक गोल मात्र गर्न सक्यो। भारतका लागि रनत बाला देवीले ४७औँ मिनेटमा गोल थपिन्।

पराजित भएपनि श्रीलंका समूह बी को उपविजेता बनेको छ। यसअघि दुवैले माल्दिभ्सलाई हराउदै एक खेल अघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेका थिए। यस समूहबाट माल्दिभ्स बाहिरिसकेको छ।

अब सेमिफाइनलमा भारतले समूह ए को उपविजेता बंगलादेशसँग खेल्नेछ।

यस्तै समूह ए मा दुवै खेल जित्दै समूह विजेता बनेको घरेलु टोली नेपालले समूह बी को उपविजेता बनेको श्रीलंकासँग खेल्नेछ। दुवै खेल बुधवार हुनेछ। 

पहिलो पटक घरेलु भूमिमा भइरहेको साफ महिला च्याम्पियनसिप जित्ने लक्ष्य राखेको नेपाल र पाँचौ पटक च्याम्पियन बन्ने लक्ष्य राखेको भारत समूह चरणमा कुनै गोल नखाई सेमिफाइनल पुगेको हो।

नेपालले समूह चरणमा भुटान र बंगलादेशलाई समान ३-० को अन्तरमा पराजित गरेको थियो। उता भारतले भने माल्दिभ्सलाई ६-० ले हराएको थियो। दुई खेलमा गरी भारतले ११ गोल गरिसकेको छ।