बैशाख १३, २०८१ बिहीबार

रेखा थापा बनिन् क्रिकेट टिमको मालिक



काठमाडौं – अभिनेत्री रेखा थापा क्रिकेट टिमको मालिक बनेकी छन् । उनले आगामी बैशाखमा विराटनगरमा आयोजना हुने पहिलो महिला टी–२० फ्रेचाइजी क्रिकेटको एक टोली किनेकी हुन् ।

एनसिएल स्पोर्टसको आयोजनामा ७ बैशाखबाट विराटनगरको बैजनाथपुर रंगशालामा हुने प्रथम महिला टि–२० क्रिकेट लिगका लागि रेखाले काठमाडौँ सुपर च्याम्पियन्स फ्रेन्चाइजी क्रिकेट टोली किनेकी हुन् ।

सोमबार एक कार्यक्रमका बीच एनसिएल स्पोर्टसले प्रतियोगितामा सहभागी ४ फ्रेन्चाइजी टोली घोषणा गरेको छ । रेखाको टोलीकी मार्की खेलाडी नेपाली महिला टोलीकी पूर्व कप्तान नेरी थापा रहेकी छिन् । 

प्रतियोगितामा रेखाको काठमाडौंसँगै विराटनगर रोयोरिंङ लायोनेस, भैरहवा क्विन्स् र धनगढी वन्डर वुमेन रहेका छन ्। विराटनगरका अनुप सेक्सेना, हुन्, भैरहवाका अनिल भण्डारी र दीपक सुवेदी तथा धनगढीका हरि खनाल मालिक रहेका छन् ।

नेपालमा पहिलो पटक हुन लागेको महिला टि–२० फ्रेन्चाइजी लिग ७ देखि १४ वैशाखसम्म चल्नेछ । प्रतियोगिताका विजेताले ट्रफीसहित १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

त्यस्तै प्रत्येक खेलको प्लेयर अफ द सीरिजले १० हजार पाउने तथा विधागत तर्फ उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिने कार्यक्रममा एनसिएल स्पोर्टसका अध्यक्ष जयराज रोयले जानकारी दिए ।

काठमाडौं– नायिका रेखा थापाले क्रिकेट क्लब किनेकी छिन्।

बलिउडमा शाहरुख खानसहित विभिन्न कलाकारले क्रिकेट क्लब सञ्चालन गरिरहेका बेला रेखाले काठमाडौं सुपर च्याम्पियन्स क्लब किनेकी हुन्।

आफूले क्रिकेट क्लब किनेको रेखाले नागरिक न्यूजलाई जानकारी दिइन। 

रेखाको क्लबले पहिलो महिला टि–ट्वान्टी फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने छ।

आयोजक एनसीएल स्पोट्सले सोमवार प्रतियोगितामा सहभागी जनाउने टोली, मालिक र खेलाडीको नाम सार्वजनिक गरेको छ। जसमा रेखाको क्लब काठमाडौं सुपर च्याम्पियन्स पनि परेको छ। 

काठमाडौंसहित विराटनगर रोअरिङ लायोनेश, भैरहवा क्विन्स, धनगढी वन्डर वुमन पनि सहभागी टिम हुन्।

प्रतियोगिता वैशाख ७ देखि १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।