बैशाख ३, २०८१ सोमबार

पन्ध्र विगाहमा महिला समूहको नमुना लसुन खेती



दाङमा एक महिला समूहले नुमनाकै रुपमा व्यवसायिक लसुन खेती गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १६ स्थित मघैमा स्थानीय कोपिला महिला समूहले १५ विगाह क्षेत्रफलमा व्यवसायिक रुपमा प्याज तथा लसुन खेती गरेको हो ।

समूहको ९ लाख ९७ हजार ९९ रुपैयाँ र साना तथा सझौला कृषक आयस्तर बृद्धि परियोजनाको ११ लाख ५५ हजार ५ सयको लगानीमा व्यवसायीक प्याज तथा लसुन खेती गरिएको समूहकी अध्यक्ष कैलाशी चौधरीले बताइन् ।

समूहमा टोलका २२ जना महिलाहरु आवद्ध छन् ।

यसअघि गरिएको च्याउ खेतीबाट राम्रो आम्दानी भएपछि लसुन खेतीमा लागेको समुहका कोषाध्यक्ष जानकी चौधरीले बताइन् ।

एक्ला एक्लै काम गर्दा व्यावसयिक रुपमा जान समस्या हुने, रकम तथा समय समेत बढी खर्च हुने भएकाले सामुहिक रुपमा यो व्यावसायमा लागेको उनको भनाइ छ ।