चैत्र १६, २०८० शुक्रबार

ललितपुरमा अन्तर्राष्ट्रिय महिला व्यापार मेला सुरु, आधा दर्जन देश सहभागी



ललितपुरको हेरिटेज प्लाजामा ‘अन्तराष्ट्रिय महिला व्यापार मेला’ सुरु भएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बिहीबार एक कार्यक्रमका बीच सो मेलाको उद्घाटन गरेकी हुन्।

नेपाली महिला उद्यमीहरुले उत्पादन गरेका गुणस्तरीय बस्तुहरुको बजारीकरण गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको महिला उद्यमी महासंघ, नेपालका अध्यक्ष शारदा रिजालले जानकारी दिइन्। 

मेलामा नेपाली हस्तकलाका बस्तुहरु, चाँदीका गरगहनाहरु, मह, अचार, कपडालगायतका सामग्रीहरु आकर्षणमा रुपमा रहेका छन्।

महासंघले विगत ४ वर्षयता हरेक वर्ष यो मेला आयोजना गर्दै आएको छ । यस वर्ष भारत, चीन, नेदरल्याण्ड, अष्ट्रेलिया, बंगलादेशलगायतका देशहरु पनि मेलामा सहभागी भएका छन्।

५ दिनसम्म चल्ने मेलामा १ सय ७ वटा स्टल राखिएका छन्।