बैशाख १३, २०८१ बिहीबार

घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु



तनहुँ – तनहुँमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ। 

लडेर गम्भीर घाइते भएकी देवघाट गाउँपालिका–२ बैदीकी २५ वर्षीया रुपीमाया वंशी ठकुरीको उपचारका लागि दमौली ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

घर नजिकैको जङ्गलमा घाँस काट्न गएकी ठकुरी बिहीबार साँझ रुखबाट लडेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घाइते रुपीमायाको दमौली अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।