चैत्र १५, २०८० बिहीबार

छोरी र बालिका बलात्कार आराेपमा दुई जना पक्राउ



हेटौंडा – मकवानपुरमा प्रहरीले बलात्कार आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

आफ्नै छोरीलाई करणी गरेको आरोपमा हेटौंडा उपमहानगरपालिकाका ४७ बर्षका एक व्यक्ति र नाबालिकालाई त्रास देखाई करणी गरको आरोपमा थाहानगरपालिका ६ का राजु बस्नेत पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार हेटौडाका व्यक्तिले आफ्नी १७ वर्षकी छोरीलाई चार वर्षदेखि बलात्कार गरिरहेको आरोप छ ।

बुवाले लगातार यौन कृयाकलाप गरेपछि उनी घर छोडेर भाग्ने क्रममा युवतीलाई चितवनको थ्रिएन्जल्स् नामको सस्थाले फेला पारी मकवानपुरको माइती नेपालको जिम्मा लगाएको थियो ।

पीडित किशोरीले बाबुले बलात्कार गरेका कारण भागेको बताएपछि प्रहरीले उनको बुबालाई पक्राउ गरेको हो । उनलाई १४ दिन म्याद थपगरी अनुसान्धान प्रकृया अघि बढाइएको मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराईले बताए ।

माइती नेपाल मकवानपुरका संयोजक माया लामाका अनुसार पीडित किशोरीकी आमाले अर्को विहे गरेकी छन् भने बुबाले पनि अर्को विहे गरेका छन् ।

त्यस्तै थाहानगरपालिका बस्नेतलाई हेटौंडा १० स्थितएक होटलबाट पक्राउ गरिएको हो । ।
मकवानपुरको पूर्वी भेगको बालिकालाई त्रास देखाएर होटलमा पुर्‍याइ करणी गरेको बालिकाले आरोप लगाएकी छिन् ।

१८ बर्ष भन्दा कम उमेरकी बालिकालाई होटलको कोठासम्म पुर्ययाएको आरोपमा बस्नेतलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

होटलबाट उम्केर आएकी उनले प्रहरीमा खबर गरेपछि प्रहरीले बस्नेतलाई खोजी गरी पक्राउ गरेको हो ।