बैशाख ८, २०८१ शनिबार

आमाको किरीयाबाट निस्कँदा दुई विद्यालयमा अक्षयकोष




रुपन्देही – जन्मदिने आमाको किरीया सकेर निस्कँदा रुपन्देहीको सैनामैनाका दुई दाजुभाईले दुई विद्यालयमा डेढ डेढ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् ।

सैनामैना नगरपालिका– १ बनकट्टा निवासी लोकराज भुसाल र दिपकराज भुसालले आमा टुमकला भुषालको तेह्रौँ दिनको पुण्य तिथीमा पन्देहीको सैनामैना माविमा ‘चुडामणी–टुमकला भुषाल स्मृती छात्रवृत्ती कोष’ र अर्घाखाँचीको मालारानी–५ स्थित सिद्ध माविमा ‘तारा प्रसाद भुषाल र रुपा भुषाल छात्रवृत्ती अक्षयकोष’को स्थापना गरेका हुन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का महासचिव लोकराज र नेपाल शैक्षिक परामर्श संघका प्रथम सचिव रहेका दिपकराजका मातापिता चुरामणी र टुमकला हुन भने ताराप्रसाद र रुपामा हजुरबुबा हजुरआमा हुन् । सिद्ध माविको अक्षयकोषमा ताराप्रसाद र रुपाका अर्का नातीहरु मानप्रसाद भुसाल र टोपलाल भुसालको पनि योगदान छ ।

सिद्ध मावि उनीहरुको जन्मथलो अर्घाखाँचीमा आफूले अध्ययन गरेको विद्यालय हो । अहिले आफ्नो बसोबासस्थल नजिकै रहेको सैनामैना मावि रहेको छ ।

तेह्रौँ दिनको पुण्य तिथीमा आयोजीत श्रद्धाञ्जली सभामा उनीहरुले सैनामैनाका प्रधानाध्यापक दिनेश केसीलाई १ लाख ५१ हजार र सिद्ध माविका प्रधानाध्यापकहरु शिब बस्याललाई १ लाख ५१ हजार हस्तान्तरण गरे ।

रकम ग्रहण गर्दै प्रधानाध्यापकद्वयले दिवंगत व्यक्तिहरुको समाजसेवामा उच्च योगदान रहेको र अक्षयकोष स्थापनाले उनीहरुको नाम अमर रहने बताए ।

अक्षयकोषबाट जेहेन्दार विद्यार्थीहरुको लागि छात्रबृत्ति प्रदान गरिने उनीहरुले घोषणा गरे ।
श्रद्धाञ्जली सभामा कार्यक्रममा स्व। टुमकला भुषालका जेष्ठ सुपुत्र लोकराज भुषाल ले बोल्दै सहभागीताको लागि सबैलाई आभार व्यक्त गरेका थिए ।

श्रद्धाञ्जली सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासविच जनकराज शर्मा, सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले मृतक आत्मको चिरशान्तीको कामना व्यक्त गर्दै स्वर्गीय टुमकला भुषालको योगदान समाजमा उच्च रहेको धारणा राखेका थिए ।

त्यसैगरी बामपन्थी नेता कृष्णराज पौडेल, देशभक्त गणतान्त्रीक मोर्चाका प्रेम सुवेदी, अन्टुकका केन्द्रीय अध्यक्ष नारायण सापकोटा, किसान संघका उपाध्यक्ष चन्द्र बहादुर केसी, सैनामैना प्राकृतिक चिकित्सालयका अध्यक्ष राम प्रसाद भट्राई, महीला नेत्री सरस्वती शर्मा, बाँगी सम्पर्क समाज रुपन्देही तथा भुषाल समाजका अध्यक्ष दिनेश भुषाल लगायतले श्रद्धाञ्जली प्रकट गरेका थिए ।