बैशाख ९, २०८१ आईतबार

चितवन महिला चेम्बर अर्फ कर्मस अध्यक्षमा अनुष्का



चितवन – चितवन चेम्बर अफ कमर्सले आफ्नो संगठन विस्तारको क्रममा चितवन महिला चेम्बर अफ कमर्सको अध्यक्षमा अनुष्का पाठक मनोनित गरेको छ ।

चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठले संस्थाको विधानले अध्यक्षलाई दिएको अधिकार प्रयोग गर्दै पाठकलाई महिला चेम्बरको अध्यक्षमा चयन गरेको जानकारी दिए ।

चितवन जिल्लाभित्रका महिला उद्योगी व्यवसायीहरूलाई समेट्दै यथाशीघ्र आफ्नो नेतृत्वमा कार्यसमति विस्तार गर्न समेत पाठकलाई निर्देशन दिइएको छ ।

साथै महिला ब्यबसायी तथा उद्यमीहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू सञ्चालन गर्न समेत निर्देश गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

होटल तथा रेस्टुरेन्ट व्यवसायमा संलग्न पाठक भरतपुर १० स्थित अनुष्का रेस्ट्रोकी सञ्चालक हुन् । बिभिन्न सामाजिक संघ–संस्थामा समेत उनी क्रियाशील छिन् ।

चितवन चेम्बर अफ कमर्स जिल्ला समितिको सदस्य समेत रहेकी पाठकको मनोनयनबाट महिला उद्योगी व्यवसायीहरूको हकहित संरक्षणमा महत्वपुर्ण सहयोग पुग्नेमा आफू विश्वस्त रहेको दीर्घमान श्रेष्ठको भनाई छ ।

चितवन चेम्बर अफ कमर्सले अहिले जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा समेत आफ्नो संगठन विस्तार गरिरहेको छ ।