बैशाख ११, २०८१ मंगलबार

महिला क्रिकेट लिगको मिति सर्‍याे, अब जेठमा हुने



काठमाण्डाै – क्वीन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुन लागेको महिला क्रिकेट लिगको मिति सरेको छ ।

यसअघि चैत्र २३ गतेबाट हुने भनिएको प्रतियोगिता अब जेठमा हुनेछ । आयोजक क्वीन्स इभेन्ट्सले विज्ञप्ति जारी गर्दै नयाँ मिति जेठ ३ देखि ११ गतेसम्म ताेकेको छ ।

यसअघिको मितिमा प्राविधिक कारणले प्रतियोगिता सारेको क्वीन्स इभेन्ट्सले जनाएको छ ।   

काठमाण्डौको कीर्तिपुर मैदानमा हुने प्रतियोगिता ५ टिमको सहभागिता हुनेछ ।

प्रतियोगितामा सहभागिता जनाउने टिमको नाम र मार्की खेलाडी शुक्रबार सार्वजनिक गरिने भएको छ ।