चैत्र १५, २०८० बिहीबार

नेपाली महिला फुटबल टोलीले चिनियाँ टोलीसँग मैत्रिपूर्ण खेल खेल्ने



काठमाडौं- नेपाली यू-१९ राष्ट्रिय महिला फुटबल टोलीले चिनको प्रान्तस्तरको यू-१९ महिला फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

एएफसी यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत छनोटको दोस्रो चरणको प्रतियोगिताअघि नेपाल र चिनबीच मैत्रिपूर्ण खेल हुन लागेको हो।

छनोटमा समूह ‘ए’मा रहेको नेपालले म्यानमार, अस्ट्रेलिया र उज्वेकिस्तानसँग खेल्ने छ। प्रतियोगिता अप्रिल २६ तारिखदेखि सुरु हुनेछ।

नेपालले अप्रिल २६ तारिखमा अस्ट्रेलिया, अप्रिल २८ तारिखमा उज्वेकिस्तान र अप्रिल ३० तारिखमा म्यानमारसँग खेल्ने छ।

त्यसअघि नेपाली टोलीले चिनको चेन्दु प्रान्तको टोलीसँग दुई वटा मैत्रिपुर्ण खेल खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ-एन्फाले जनाएको छ।