बैशाख १२, २०८१ बुधबार

भरतपुरका दुई अस्पत्तालमा महिलाका लागि निःशुल्क टिकट



भरतपुर _ चितवनका दुई अस्पत्तालले महिलाहरुका लागि ओपिडी टिकट निःशुल्क गरेका छन् ।

भरतपुर अस्पताल र चितवन मेडिकल कलेजले स्वास्थ्य जाँचका लागि जाने महिलाहरुका लागि ओपीडी टिकट निःशुल्क गरेका हुन् ।

महानगरपालिकाको संयोजनमा भरतपुर अस्पत्तालले महिलाहरुका लागि निःशुल्क टिकटको व्यवस्था गरेको थियो ।

महानरपालिका प्रमुख दाहालले निजी अस्पत्तालहरुले पनि महिला तथा ज्येष्ठ नागरिकका लागि निःशुल्क टिकटको व्यवस्था गर्न आग्रह गरेपछि चितवन मेडिकल कलेजले पनि प्रकृया शुरु गरेको छ ।
चितवन मेडिकल कलेजका अध्यक्ष तथा कार्यकारी निर्देशक प्रा.डा. हरिसचन्द्र न्यौपानेले दाहालको आग्रहलाई स्विकार्दै पहिलो चरणमा प्रसुती विभागमा लाग्ने ओपीडी टिकट निःशुल्क गर्ने बताए ।

उनले चितवन मेडिकल कलेजमा उपचारका लागि आउने माहिलाहरुलाई क्रमश: अन्य विभागमा पनि महिलाका साथै पुरुषहरुलाई समेत ओपीडी टिकट निःशुल्क गर्दै लैजाने बताए ।

देशकै मध्यभागमा अवस्थित भरतपुर मेडिकल सिटीको रुपमा विकास हुँदै गइरहेको भन्दै महानगरपालिका प्रमुख दाहालले भरतपुरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुले सर्वसुलभ, गुणस्तरीय र विशिष्ट प्रकारको सेवा प्रवाहमा विशेष भूमिका खेल्नु पर्ने बताएकी छन् ।