महिलालाले जिम्मेवारी लिन्छन् तर घरमूली मान्दैनन्

नारी खबर / बैशाख ८, २०७६ - आइतवार


जाजरकाेट – बारेकोट ७ कि मनिकला बस्नेत घरव्यवहार सबै आफै धान्छिन् । ऋणधन गर्नेदेखि परिवारको सबै जिम्मेबारी उनकै काँधमा छ । घरको आय व्यय र सम्पूर्ण जिम्मेबारी सबै उनी सम्हाल्छिन् ।

तर तर आधिकारीक रुपमा उनको घरका घरमूलि भने उनका ससुरा हुन् ।

बारेकोट गाउँपालिकाभरी त्यस्ता १ सय २ जना महिला छन् जो मनिकलाले जस्तै घरपरीवार धान्छन् तर औपचारीक घरमूलि उनीहरुलाई मानिँदैन ।

साधारणतया घरको जिम्मेबारी बहन गर्ने व्यक्तिलाई घरमूलि भनिने गरिएपनि बारेकोटमा महिला भएकै कारण उनीहरुले जिम्मेबारी बहन गरेपनि घरमूली हुन नसकेका हुन् ।

गाउँपालिकाको घरधुरी सर्वेक्षण २०७५ अनुसार कूल ३ हजार ५ सय ५७ घरधुरी रहेको बारेकोटमा ३ हजार १ सय १५ परिवारमा पुरुषले घरव्यवहार चलाउँछन् ।

जम्मा ४०३ जना मात्र महिलाले घरब्यवहार गर्छन् । घरव्यवहार चलाउने मध्ये पनि जम्मा ३०१ जनाले घरमूलीको रुपमा आफ्नो नाम लेखाउन पाउँछन् ।

१०२ जनाले पुरुष भएकै कारणले मात्र आफ्नो नाम घरमूलीको रुपमा लेखाउन पाउँछन् । “महिलाले आफूले जिम्मेबारी बहन गरेर पनि पुरुषलाई घरमूलि मानिदिनुपर्ने अवस्था छ” वडा नं. ५ कि लंका चलाउने भन्छिन् “यो पितृसत्तात्मक सोँचको कारण पनि हो । ”

तथ्यांक अनुसार ११ प्रतिशत महिलाले घरमूलिको जिम्मेबारी पूरा गर्छन तर ८ प्रतिशतले मात्र घरमूली बन्न र भन्न पाउँछन् ।

तुलनात्मक रुपमामहिला घरमूलीको संख्या बाहुनक्षेत्रीमा कम देखिएको छ । बाहुन क्षेत्रीका २ हजार १ सय घरधुरी मध्ये २ सय ४८ जना महिलालाई कारोबारको जिम्मेबारी लिएका छन् । २ हजार ५२ जना पुरुष नै छन् ।

तर ती परिवारमा जम्मा १ सय ७१ जना महिलाले आफूलाई औपचारीक रुपमा घरमूली घन्छन् भने ७७ जना पुरुष काम नगरेपनि पुरष भएकै कारण घरमूली छन् ।

जनजातीमा आर्थिक कारोबार गर्ने ३७ जना मध्ये २१ जना र दलितमा आर्थिक कारोबारको जिम्मेबारी लिएका १ सय १८ जना मध्ये जम्मा ९९ जना महिला औपचारीक रुपमा घरमूलि भनिन्छन्।

कर्णाली प्रदेश अन्तर्गत पर्ने जाजरकोटको दुर्गम बारेकोट गाउँपालिका शिक्षाका दृष्टिले पछाडी परेको कारण महिलाहरु पछाडी पारीएको आर्थिक सर्वेक्षणले औल्याएको छ ।

शिक्षामा चेतनास्तर विकासका लागि आफू निर्वाचित भइसकेकेपछि पहल गरिरहेको गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर शाहीले बताए ।

उक्त गाउँपालिकामा महिला सक्रियता निकै कम छ । शिक्षा तथा जनचेतनाको अभावले गर्दा यस्तो समस्या भएको गाउँपालिकाका उपाध्यक्ष ओमा शाहीले बताइन् ।

“धेरै जेष्ठ नागरीक महिलाले बरु सामाजिक सुरक्षा भत्ता खोजी गर्दैनन तर नागरीकता बनाएका छैनन्, उनले भने यो शिक्षा र चेतनाको अभाव हो”, उनले भनिन् “हामीले यो वर्ष गाउँमै शिविर सञ्चालन गरेर धेरै महिलाको नागरिकता बनाउने व्यवस्था गर्याैं।”

कूल २१ हजार ७ सय ८९ जनसंख्या रहेको बारेकोटमा २ हजार ७ सय ७ जना निरक्षर छन् । त्यसमा कूल १० हजार ६ सय ८६ महिलामध्ये १ हजार ६ सय २४ जना निरक्षर छन्। त्यस्तै ११ हजार १ सय ७ जना पुरुष मध्ये १ हजार ८३ जना निरक्षरको सूचीमा छन् ।

उक्त गाउँपालिकामा शिक्षा क्षेत्रमा निकै हेलचेक्र्याई गरिने गरेको त्यहाँ पुग्नेहरु बताउँछन् । विद्यालय खुल्ने र बन्द गर्ने टुंगो नहुने, शिक्षकले पनि अध्यापनमा र विद्यार्थीले अध्ययनमा वेवास्ता गर्ने गरेको भेटिन्छ ।

शुरु शुरुमा विद्यालयमा अनुगनको क्रममा पुग्दा मनलाग्दी विद्यालय बन्द गर्ने गरेको, विद्यालय भवनमा विद्यार्थीको साटो पशु चौपाया फेला पर्ने गरेको गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत रूद्र पछाईंको भनाइ छ ।

“तर गाउँपालिकाले पछिल्लो पटक त्यसमा सुधारका लागि ठूलो पहल गरेको छ,”, उनले भने “जनप्रतिनिधि र कर्मचारी पनि शिक्षाको विकास र सुधारका लागि सक्रियताका साथ लागेको अवस्था छ ।”


प्रतिक्रिया दिनुहोस


सब्य र भब्य तरिका ले आफ्नो धारणा राख्नुहोस।

error: Content is protected !!