चैत्र १५, २०८० बिहीबार

महिला सर्जकको गीत चोरेर म्युजिक नेपालको युट्युवमा, क्षतिपूर्ति माग्दै मुद्धा



सर्जक सावित्रा चिलुवालले आफ्नो गीत चोरी भएको भन्दै म्युजिक नेपाल विरुद्ध प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयमा उजुरी गरेकी छन् ।

आफूले निर्माण गर्न लागेको चलचित्र मखमली मखमलीको शीर्ष गीत ‘फूल झैं’ चोरी गरेर अनाधिकृत रुपमा यूट्यूवमा राखेपछि चिलवालले क्षतिपूर्तिको माग गर्दै उजुरी गरेकी हुन् ।

उक्त गीत चिलुवाको शब्द, संगीत र प्रमोद खरेलको स्वरमा प्रेयसी म्युजिकले रेकर्ड गरेको हो । तर म्युजिक नेपालले भने पाल्चोकी म्युजिकको प्रस्तुती भन्दै आफ्नो यूट्युवमा राखेको छ ।

म्युजिक नेपालले राखेको यूट्युवमा उक्त गीतको संगीतकार पनि सुनिल धिताल भनेर राखिएको छ ।
चलचित्रको शिर्ष गीत नै चोरी भएपपछि पुनः छायांकन गर्नुपर्ने बाध्यता आइलागेकोले आफू थप आर्थिक भारमा परेको चिलुवालले बताइन् ।

प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयले गीत चोरीको विषयमा आवस्यक अनुसन्धान र कार्वाहीको लागि महानगरीय प्रहरी परीसरलाई आग्रह गरेको छ ।