चैत्र १५, २०८० बिहीबार

प्रदेश पाँचमा ९ महिनामा २७९ महिला बलात्कृत, १५ सय घरेलु हिंसा



बुटवल- प्रदेश पाँचमा ९ महिनामा २७९ महिला बलात्कृत भएका छन् । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ती घटना भएको प्रदेश पाँच प्रहरी कार्यालय दाङले जनाएको छ ।

बलात्कारका घटना सबैभन्दा बढी दाङमा घटेका छन् । साउन १ गते देखि चैत्र मसान्तसम्म त्यस जिल्लामा ५२ जना महिला बलात्कारको शिकार भएका छन् ।

जसमा ४५ जना पक्राउ र १२ जना फरार रहेका छन् । बलात्कार घटनाको दोस्रो ठूलो संख्या रुपन्देहीमा देखिएको छ जहाँ ५० महिला बलात्कृत भएका छन् ।

बाँके जिल्लामा ४३ वटा बलात्कारका घटना घटेका छन् । जसमा ३८ जना पक्राउ र ८ जना फरार रहेका छन् । बर्दियामा २५ जना महिला बलात्कारको शिकार भएका छन् । त्यहाँ २८ पुरुष पक्राउ पर्नुका साथै ४ जना फरार रहेका छन् ।

पाल्पामा २१ वटा बलात्कार मुद्दाको जाहेरी परेको छ । जसमा त्यहाँको प्रहरीले २३ जना पक्राउ परेका छन् ।

५ जना फरार छन् । जनसंख्याको हिसाबले प्युठानको बलात्कार घटना बढी नै देखिन्छ । जिल्लामा पछिल्लो ९ महिनामा १७ जना महिला बलात्कारको शिकार भएका छन् । जसमा १६ जना पक्राउ पक्राउ परेका छन् भने २ जना फरार रहेका छन ।

नवलपरासी ९पश्चिम ० मा यस अवधिमा १९ जना महिला बलात्कृत भउका छन् । यहाँ १५ पुरुष पक्राउ परेका छन् भने ५ जना फरार रहेका छन् ।

कपलिवस्तुमा १८ जना महिला बलात्कृत भएका छन् । जसमा १७ पुरुष पक्राउ परेका छन् र ७ जना फरार रहेका छन । गुल्मीमा १० जना महिला बलात्कारको शिकार भएका छन् । जसमा १० पुरुष पक्राउ परेका छन् र १ जना फरार रहेका छन् ।

प्रदेश मै सबैभन्दा कम जनसंख्या भएको पुर्वी रुकुममा ९ महिनामा ७ महिला बलात्कृत भएका छन् । बलात्कार आरोपी सातै जना पक्राउ परेका छन् । रोल्पामा ६ वटा बलात्कारका मुद्दा दर्ता भएका छन । जसमा आरोपी सातैजना पक्राउ परेका छन् ।

घरेलु हिंसा १५ सय बढी

९ महिनाको यस अवधिमा प्रदेश पाँचभर १५ सय ३३ वटा घरेलु हिंसाका उजुरी परेको प्रदेश पाँच प्रहरी कार्यालयले जनाएको छ । बाँकेमा ४५८, बर्दियामा ६७, दाङमा १२९, पाल्पामा ७३, रुकुममा १६ , प्युठानमा ४८ वटा घरेलुहिंसका उजुरी परेका छन् ।

त्यस्तै रुपन्देहीमा २१८, अर्घाखाँचीमा २२, कपिलवस्तुमा २१५, नवलपरासीमा १४१, गुल्मीमा ५४ र पाल्पामा ३७ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन् ।

कुल उजुरी मध्ये प्रहरीले ११ सय १६ वटा उजुरी उपर आफैले मिलापत्र गराएको छ । २ सय थान मुद्दा अदालतमा पुुगेका छन । १ सय ५ वटा मुद्दा छलफल कै प्रकृयामा छन् भने १०९ वटा उजुुरीकर्ताहरु सम्पर्क मै आएका छैनन् ।

७५८ जनाद्वारा आत्माहत्या

प्रदेश पाँचको प्रहरी कार्यालयले उपलव्ध गराएको विवरणअनुसार प्रदेशभर साउन १ गते देखि चैत्र ३० गते सम्म ७५८ जनाले आत्माहत्या गरेका छन् ।

रुपन्देहीमा १ सय ५८ जनाले आत्माहत्या गरेका छन् ।

कपिलवस्तुमा ८३ जनाले, नवलपसारीमा ५७ जनाले, पाल्पामा ६९ जनाले आत्महत्या गरेका छन ।

अर्घाखाँचीमा ३२ जनाले, गुल्मीमा ३४ र प्युठानमा ४५ जनाले आत्महत्या गरेका छन् ।

दाङमा १ सय ४५ जनाले, रोल्पामा ३६ जनाले, रुकुममा ८ जनाले, बाँकेमा ४३ जनाले र बर्दियामा ६१ जनाले आत्महत्या गरेका छन् ।