चैत्र १६, २०८० शुक्रबार

डडेल्धुरामा बस दुर्घटना : दुई महिलासहित पाँचको मृत्यु



डडेल्धुराको साउखर्कमा बस दुर्घटना हुँदा दुई महिलासहित पाँच जनाको मृत्यु भएको छ ।

धनगढीबाट बझाङतर्फ गइरहेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस बिहान पौने पाँच बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ३ पुरुष र दुई महिला रहेको भएपनि पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई डडेल्धुरा अस्पतालमा उपचारका लागि पठाइएको छ ।

बसमा क्षमताभन्दा धेरै सामान र यात्रु भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।

बस सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

उद्धारकार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै स्थानीय सर्वसाधारण खटिएका छन् ।