बैशाख १, २०८१ शनिबार

प्रजनन स्वास्थ्य तथा सचेतना तालिम



रुकुमपूर्व भूमे गाउँपालिमा प्रजनन स्वास्थ्य तथा सचेतना तालिम सञ्चालन गरिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक इकाई भूमे गाउँपालिका शाखा कार्यालयको आयोजनामा पाँच दिने तालिम सञ्चालन भएकोे छ ।

पालिका स्तरीय सञ्चालन तालिममा २७ जनाको सहभागीता रहेको छ । प्रत्येक वडामा महिला विकास समिति गठन गरिएको छ ।

उक्त समितिबाट प्रतिनिधित्वको रुपमा तीन/तीन जनाको सहभागीता रहनेगरी व्यवस्था मिलाईएको बालबालिका तथा ज्येष्ठ नागरिक इकाईका सहायक निरीक्षक लिला ओलीले बताए ।

पाँच दिने सञ्चालन तालिममा महिला/पुरुषमा लैंगिक समानता, लैंगिक तथा घरेलु हिंसाको असर र त्यसलाई न्यूनिकरण गर्ने, त्यसैगरी गर्भवती तथा सुत्केरीलाई हेरचाह, यौन रोग, परिवार नियोजन साधन प्रयोगको उपाय र प्रजनन स्वास्थ्य सम्बन्धी समस्याको समाधानबारेमा तालिमबाट ज्ञान दिने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

दुर्गम ठाउँमा छौँ स्वास्थ्य सम्बन्धी चेकजाँच तथा डाक्टरको सल्लाह/सुझावबाट वञ्चित हुनुपर्ने अवस्था रहेको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले भनाई व्यक्त गरे ।

‘आधारभूत स्वास्थ्य सम्बन्धी ज्ञान सहभागीतालाई दिई अरुलाई पनि जनचेतना फैलाउनमा सहयोग मिल्ने छ’, उनले भने, ‘ विभिन्न क्षेत्रको कार्यक्रम सञ्चालनबाट पूर्ण जनस्वास्थ्य मैत्री पालिका निर्माणमा अगि बडिराखेका छाैं ।’

तालिमको प्रशिक्षण भूमे गाउँपालिकाका स्वास्थ्य संयोजक उपेन्द्र यादव र उपसंयोजक लालबहादुर ओलीले तालिमको सहजिकरण गरिराखेका छन् ।

यस शाखाबाट वडा–वडामा समेत एक÷एक दिने सचेतना तथा स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गरिराखेको छ ।