बैशाख ८, २०८१ शनिबार

कपडा किन्न गएकी किशोरी एकसातादेखि बेपत्ता



सप्तरी – कपडा किन्न भनेर घरबाट निस्केकी किशोरी एकसातादेखि बेपत्ता भएकी छन् ।

सप्तरीको रुपनी गाउँपालिकाका विष्णुदेव सरदारको १६ वर्षीया छोरी आरती सरदार गत चैत्र ३० गतेदेखि बेपत्ता भएकी हुन् ।

छोरी घर नआएपछि आमा, बुबा र आफान्तजन चिन्तित रहेको स्थानीय बृजमान तामाङले बताए।

आरतीको फोटो बोकेर उनका आफन्तजन स्थानीय प्रहरी चौकी र आफन्तको घरघरमा खोजतलास गर्दै हिँडेको भए पनि अहिलेसम्म नभेटेको तामाङले जानकारी दिए ।

कठौनाबजार कपडा किन्न जान्छु भनी गत चैत्र ३० गते घरबाट साँझ ४ बजे गएकी बहिनी घर नफर्कंदा उनीलाई सम्झेर आमा डाको छोडेर रुदै हिँडेको आरतीको दाजु कृष्णकुमार सरदारले बताए।