बैशाख १३, २०८१ बिहीबार

बाणगङ्गा किनारमा भेटियो सुनिताको शव, श्रीमान पक्राउ



तौलिहवा – कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ ।

सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए ।

पक्राउ परेका तीन जनाउपर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।