बैशाख ४, २०८१ मंगलबार

१३ वर्षीया बालिकालाई सिन्दुर लगाउने पक्राउ



पाँचथर- १३ वर्षीया बालिकालाई ललाई फकाई विवाह गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

हिलिहाङ गाउँपालिका–७ का २३ वर्षीय चक्र तामाङलाई बालिकासँग विवाह गरेको आरोपमा पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए ।

फिदिमस्थित शिवालय मन्दिरमा ल्याई सिन्दुर पोते गरी विवाह गरेको भन्दै बालिकाका अभिभावकले बुधबार तामाङ विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

सोही आधारमा तामाङलाई पक्राउ गरिएको पौडेलले बताए ।

तामाङलाई पक्राउ गरी बाल विवाह मुद्दाअन्तर्गत म्याद लिई थप अनुसन्धान गर्ने काम भइरहेको छ ।