चैत्र १५, २०८० बिहीबार

महिला सर्जक चिलुवालले कठघरामा पुरयाइन म्युजिक नेपालका म्यानेजरलाई




काठमाडौं – गीतकार धनमाया चिलवाल (सावित्री)ले म्युजिक नेपालका म्यानेजरलाई कठघरा पु¥याएकी छन् ।

चिलवालको गीत ‘फूल झैँ’ चोरी गरेर यूट्युव च्यानलमा राखेको अभियोगमा म्युजिक नेपालका म्यानेजर उत्तम थापा (उज्वल) लाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले म्यानेजर थापालाई पक्राउ गरेको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

चिलवालले निर्माण गर्न लागेको चलचित्र मखमली मखमलीको शीर्ष गीत ‘फूल झैं’ चोरी गरेर अनाधिकृत रुपमा यूट्यूवमा राखेपछि चिलवालले क्षतिपूर्तिको माग गर्दै उजुरी गरेकी थिईन् ।

उक्त गीत चिलुवाको शब्द, संगीत र प्रमोद खरेलको स्वरमा प्रेयसी म्युजिकले रेकर्ड गरेको हो । तर म्युजिक नेपालले भने पाल्चोकी म्युजिकको प्रस्तुती भन्दै आफ्नो यूट्युवमा राखेको थियो ।

म्युजिक नेपालले राखेको यूट्युवमा उक्त गीतको संगीतकार पनि सुनिल धिताल भनेर राखिएको छ।

चलचित्रको शिर्ष गीत नै चोरी भएपपछि पुनः छायांकन गर्नुपर्ने बाध्यता आइलागेकोले आफू थप आर्थिक भारमा परेको चिलुवालले बताइन् ।

हेर्नुहोस चोरी गरेको गीत